ब्राउन सुगरसहित एक दाम्पत्ति र एक चालक पक्राउ

समाधान संवाददाता २०७६ जेठ २० गते १६:११

समाधान संवाददाता, दाङ

दाङमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार बेलुका गाडीसहित एक दम्पत्ति र चालकलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ निवासी ३२ वर्षीय गुड्डु कवडिया, उनकी पत्नी २४ वर्षीया रुक्सार कवडिया र चालक सुर्खेत जिल्ला वीरेन्द्रनगर नगरपालिका वडा नं. ५ निवासी ३६ वर्षीय लक्ष्मण सापकोटा रहेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता विनोद विक्रम शाहले १ सय ८० ग्राम ब्राउन सुगर, ७ हजार नगद, ३ थान मोबाइल लगायतका सामग्री बरामद भएको बताए ।

Advertisement

बरामद भएको ब्राउन सुगरको बजार मूल्य १८ लाखभन्दा बढी पर्न सक्ने प्रहरीको अनुमान छ ।

बा १८ च ८८३३ नम्बरको हाइलेक्स गाडीमा नेपालगञ्जबाट दाङतर्फ ब्राउन सुगरको कारोबारी आउँदै गरेको सूचनाको आधारमा चेकजाँच गर्दा लमही नगरपालिबका वडा नं. ९ स्थित लमहीमा उनीहरूलाई पक्राउ गरिएको डिएसपी शाहले बताए । प्रहरीका अनुसार दाङमा यतिधेरै परिमाणको ब्राउन सुगर फेला परेको यो नै पहिलो घटना हो ।

पक्राउ परेकामाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया