‘प्रहरी चौकीमा तीन घन्टा बसेर विप्लव कार्यकर्ता संखुवासभातिर’

समाधान संवाददाता, कठमाडाैं
भोजपुरको महाकुलुङ गाउँपालिका वडा नम्बर ३ छेस्का प्रहरी चौकी गएका हतियारधारी विप्लव कार्यकर्ता सोमबार बिहानै त्यहाँबाट भागिसकेको उच्च सुरक्षा स्रोतले दाबी गरेको छ ।
प्रधान कार्यालय उच्च स्रोतका अनुसार खाली रहेको प्रहरी चौकीमा तीन घन्टा बसेर झिसमिसै विप्लव कार्यकर्ता संखुवासभा हिँडेका थिए । महाकुलुङ गाउँपालिकामा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली विप्लव कार्यकर्ताको खोजीमा परिचालित छ ।
‘विप्लव समूहबाट हुन सक्ने सम्भावित खतरालाई मध्यनजर गरी त्यहाँको चौकी खाली गराइएको थियो,’ प्रहरी उच्च स्रोतले भन्यो,‘त्यही खाली चौकीमा गएर विप्लव कार्यकर्ता संखुवासभातिर हिँडेको सूचना छ ।’
विप्लव समूहबाट भएको चौकी आक्रमण प्रयास र पछिल्लो जानकारीबारे प्रहरीले आधिकारिक जानकारी दिएको छैन । प्रहरी प्रवक्ता विश्वराज पोखरेलले प्रहरी चौकीमा आक्रमण प्रयास नभएको र चौकी पनि नसारिएको बताए ।
१ नम्बर प्रदेश प्रहरीले पनि यसबारे जानकारी दिन मानेको छैन । प्रदेश प्रहरी प्रमुख केदार रिजाल सम्पर्कमा आएका छैनन् ।
सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा डेढ महिनादेखि विप्लव समूहका हतियारधारी कार्यकर्ताले गतिविधि गरिरहेको स्थानीयले बताएका छन् ।
विशेषगरी महाकुलुङ गाउँपालिका–५ नुर्कुममा विप्लव कार्यकर्ता गतिविधि बढेको स्थानीयले बताए ।
नुर्कुममा प्रहरी चौकी नभएकाले विप्लव कार्यकर्तालाई गतिविधि गर्न सजिलो पनि भएको हो ।
महाकुलुङ गाउँपालिकाका अध्यक्ष सागर किराँतीका अनुसार नुर्कुममा विप्लव कार्यकर्ताको गतिविधि बढेपछि सुरक्षाकर्मीले नियमित गस्ती गरिरहेको छ ।
‘सशस्त्र र नेपाल प्रहरीले नियमित गस्ती गरिरहेको छ, तर कोही पनि पक्राउ परेका छैनन्,’ किराँतीले भने ।
स्थानीयलाई उद्धृत गर्दै उनले जनाएअनुसार विप्लव कार्यकर्ता हतियारसहित हिँडडुल गर्छन् । महाकुलुङ गाउँपालिकामा करिब ३० जनाको संख्यामा हतियारधारी विप्लव माओवादी कार्यकर्ता रहेको बुझिएको उनले बताए ।
आइतबार मध्यराति महाकुलुङ–३ को छेस्का प्रहरी चौकीमा तिनै हतियारधारी कार्यकर्ता गएको अनुमान उनको छ । विप्लव कार्यकर्ता त्यहाँ पुग्दा प्रहरीलाई सुरक्षित स्थानमा सारिएको थियो ।
सदरमुकाम सल्लेरीबाट सशस्त्र र नेपाल प्रहरीले नियमित गस्ती गरिरहे पनि त्यहाँ विप्लव कार्यकर्ता पक्राउ गर्न सकेको छैन ।







भद्रकाली माविद्वारा आयोजित गणित हाजिरी जवाफमा भद्रकालीकै समूह प्रथम
बाढीपहिरो र आन्दोलनबाट ठूलो बीमा दावी: असोजको क्षति ३.७८ अर्ब, भदौको आन्दोलनबाट २३.२३ अर्ब
पूर्वसांसद मोहम्मद अफताब आलमको निधन
सरकारले थाल्यो आफ्नै लाइसेन्स छपाइ: २८ लाख कार्ड छाप्ने चुनौती
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया