फिस फेस्टिबलमा १ करोडकाे कारोबार

समाधान संवाददाता २०७६ जेठ २१ गते ११:५९

समाधान संवाददाता
पोखरा

लेखनाथको बेगनासतालमा भएको पाँचौ संस्करणको बेगनास फिस फेस्टिबल १ करोड कारोबार गर्दै सोमबार सकिएको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले बेगनास क्षेत्रलाई माछाको पकेट क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले पुरानो लेखनाथमा प्रशस्त जलाशय रहेकाले यस क्षेत्रलाई माछा उत्पादनको केन्द्रका रुपमा विकास गर्नुपर्ने जनाएका हुन् ।

उनले कास्की जिल्लालाई मात्र नभई गण्डकी प्रदेशमै माछामा आत्मनिर्भर हुने गरी व्यावसायीक ढंगले अघि बढ्न कृषकलाई आग्रह गरे । प्रमुख जिसीले वेगनास तालको मापदण्ड क्लियर गरी पर्यटन प्रवद्र्धनका गतिविधि सञ्चालन गरी आर्थिक हिसाबले सृद्धढ बनाउने अभियानमा महानगर लागेको उल्लेख गरे । उनले बेगनास तालको किनारमा फुटट्रयाक निर्माण अघि बढाएकोसमेत बताए ।

Advertisement

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले व्यावसायिक सुरक्षामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता गरे । कार्यक्रममा नवआगन्तुक प्रहरी प्रमुख कार्की, बृहत बेगनास सरसफाइ कार्यक्रमका अभियन्ता रामबहादुर रानाभाट, होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका पूर्व अध्यक्ष किरण खनाल, दुर्गाप्रसाद अधिकारी, दामोदरभक्त थापा र हस्पिटालिटी कन्टेस्ट २०१९ का विजेता अनिक अधिकारीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

होटल तथा रेस्टुरेन्ट एसोसियसन लेखनाथका अध्यक्ष कृष्णप्रसाद तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा इलाका प्रशासन कार्यालय खुदीका प्रमुख चित्रागंत बराल, नेपाली कांग्रेसका प्रतिनिधि धु्रव अधिकारी, नेकपाका प्रतिनिधि विन्दु परियार, पशु सेवा कार्यालय गण्डकीका प्रतिनिधि ठगेन्द्रप्रसाद अर्याल, मत्स्य व्यवसाय समिति कास्की अध्यक्ष दयाराम तिवारी, बेगनास युवा क्लबका अध्यक्ष रामबहादुर रानाभाट, बेगनासताल महिला समूहका अध्यक्ष दुर्गा अधिकारी लगायतले बोलेका थिए ।

Advertisement

फेस्टिबलमा १२ हजार किलो माछा बिक्री भएको प्रचारप्रसार समिति संयोजक दामोदरभक्त थापाले जानकारी दिए । उनले प्रतिकूल मौसमका वावजुद पनि फेस्टिबल सफल भएको बताए ।

तपाईको प्रतिक्रिया