लोमान्थाङ महोत्सवमै पढाइ उत्सव

समाधान संवाददाता २०७६ जेठ २१ गते १३:०५

समाधान संवाददाता
जोमसोम

लोमान्थाङ गाउँपालिकाको आयोजना तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को सहआयोजनामा भएको प्रथम लोमान्थाङ महोत्सवमा पढाइ उत्सव भएको छ । दिव्यदीप माविले सञ्चालन गरेको ४ दिने पढाइ उत्सवमा कक्षा १ देखि ३ कक्षा पढ्ने बालबालिकालाई शिविर स्टलको रुपमा पढाइएको छ ।

सरकारले देशका १८ वटा जिल्लामा राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रम सञ्चालन गरेको छ । यसको प्राविधिक सहयोग, पाठ्यपुस्तक सामग्री र समुदाय परिचालनका लागि अमेरिकी सहयोग नियोग (युएसआइडी)ले आर्थिक सहयोग गरेको छ ।

Advertisement

राष्ट्रिय प्रारम्भिक कक्षा पढाइ कार्यक्रमको प्राविधिक सहयोगको जिम्मा मुस्ताङमा पाइला नेपालले लिएको छ । मुस्ताङका ५५ विद्यालयमध्ये विद्यार्थी संख्याका आधारमा जिल्लाका १८ वटा स्कुलले विद्यालय व्यवस्थापन अनुदान २, २ लाख प्राप्त गरेका हुन् । अनुदान प्राप्त विद्यालयले इपजआरपीले तोकेका ५ वटा कार्यक्रम गर्नुपर्ने हुन्छ । यसमा पढाइ उत्सव पनि एक हो ।

दिव्यदीपका प्रधानाध्यापक रामुप्रसाद श्रेष्ठले विद्यार्थीको सिकाइ क्षमता अभिवृद्धि गर्न पढाइ उत्सव आयोजना गरेको बताए । महोत्सव हेर्न पुगेका पर्यटकले समेत पढाइ उत्सव उत्सुकताका साथ हेरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया