लाेकनाटक ‘घेरो’ काठमाडौंमा प्रदर्शन

समाधान संवाददाता २०७६ जेठ २२ गते १२:२३

समाधान संवाददाता, पोखरा

युथ क्रियसन थिएटरको लोकनाटक ‘घेरो’ सर्वनाम थिएटर काठमाडौंमा मञ्चनको तयारी भएको छ । जेठ २४ गते नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा नाटक मञ्चन हुन लागेको युथ क्रियसनका सचिव सौगात पोख्रेलले जानकारी दिए । बालनको शैलीमा भजनमार्फत् कथा वाचन हुँदै जाने नाटक पोखराका दर्शकले रुचाइएको मध्ये एक भएको सचिव पोखरेलले दावी गरे ।

केदार पौडेलले लेखेको नाटकमा पौडेल स्वयंले कहिले भैंसी त कहिले झाँक्रीको अभिनय गरेका छन् । क्रियसन थिएटरका अध्यक्ष कपिल शर्माले निर्देशन गरेको घेरो नाटकको भजन रचना मधुसुधन पौडेलले गरेका हुन् भने रंगकर्मी सरोज अर्यालले ‘घेरो’ लाई लोकनाटकको स्वरुप दिएका हुन् ।

Advertisement

पुरातन र रुढीवादमाथिको प्रहार रहेको नाटकमा लक्ष्मण डुम्रे, शर्मिला बस्नेत, ममता मञ्जुल, सञ्जय न्यौपाने, संरचना पौडेल (अञ्जना), प्रसुन, मधुसुदन पौडेल, ताराखर पौडेल र विनोद पौडेलले कलाकारको भूमिका प्रस्तुत गर्दै आएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया