रबाडाकाे रफ्तारले धवनकाे ब्याट चाेइटियाे, पेभिलियन फर्कायाे
समाधान संवाददाता
२०७६ जेठ २३ गते १०:५०

एजेन्सी
बुधबार भएको खेलमा भारतले दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गरेपनि भारतीय ब्याटस्म्यान शिखर धवनका लागि भने बिर्सन लायक रह्यो। उनी १२ बलको सामना गरेर मात्र ८ रनमा पेभेलियन फर्किए। उनलाई कागिसो रबाडाले आउट गरे।
रबाडाले उनलाई आउट मात्र गरेनन् उनको ब्याट समेत चोइट्याइदिए।

चौथो ओभरको अन्तिम बलमा रबाडाले १४६ किलोमिटर प्रतिघण्टाको गतिमा हानेको लो फुल टस बलमा धवनको ब्याट चोइटिएको हो। सो बलले उनको ब्याटको तल्लो भागलाई चोइट्याइ दिएको थियो।

त्यसरी चोइटिएको भाग उडेर स्टम्प पछाडि पुगेको थियो। सो टुक्रालाई दक्षिण अफ्रिकाक स्वीटन डि ककले धवनलाई थमाइदिए।
त्यसपछि नयाँ ब्याट लिएर ब्याटिङका लागि आएका धवन रबाडाको अर्को बलमा आउट हुँदै पेभेलियन फर्किएका थिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया