चेपाङलाई बन्दीपुर गाउँपालिकाको सहयोग

समाधान संवाददाता २०७६ जेठ २३ गते १२:४०

कृष्ण न्यौपाने
दमौली

अति सीमान्तकृत चेपाङ जातिको संस्कृति संरक्षणका लागि बन्दीपुर गाउँपालिकाले सहयोग गरेको छ । बन्दीपुर गाउँपालिकामा रहेका चेपाङलाई गाउँपालिकाले पोसाक र वाद्यवादन सामग्री सहयोग गरेको हो ।

चेपाङ जातिको संस्कृति बचाउन र उनीहरुको संरक्षणका लागि पोसाक र वाद्यवादन सामग्री प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताए । उनले भने, ‘सबै जातजातिको संस्कृति र संस्कार जोगाउनु हाम्रो कर्तव्य हो । चेपाङ जातिको संस्कृति संरक्षणका लागि बजेट छुट्याएका थियौँ, सोही बजेटले चेपाङको जातीय पहिचान झल्कने पोसाक वितरण गरेका हाैं ।’ उनका अनुसार चेपाङ समुदायलाई ५० हजार बराबरको पोसाक र वाद्यवादन सामग्री वितरण गरिएको छ ।

Advertisement

गाउँपालिकाले चेपाङ बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ । वडा नं १, ३ र ४ मा बसोबास गर्ने ४४ घरधुरीका ७३ बालबालिकालाई १ लाख ७५ हजार मूल्य बराबरको झोला, किताब, कापी, पोसाक वितरण गरिएको वडा नं १ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता भानुभक्त पोख्रेलले जानकारी दिए ।

उनका अनुसार शैक्षिक सामग्री पाउनेमा कक्षा १ देखि १० सम्म विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी छन् । गाउँपालिकाले चालु आर्थिक वर्षमा चेपाङ जातिको उत्थानका लागि ५ लाख बजेट विनियोजन गरेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया