पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध
समाधान संवाददाता
२०७६ जेठ २४ गते ११:५७

रासस, चितवन
पृथ्वी राजमार्गको मुग्लिन नौबिसे सडकखण्डमा आज बिहान पहिरो खस्दा सडक अवरुद्ध भएको छ । चितवन र धादिङको सिमानामा पर्ने मौवाखोलामा पहिरो खसेको हो ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिहान ३:३० बजे पहिरो खसेको थियो । बिहानैदेखि पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
सडक अबरुद्ध भएपछि सयौँ सवारीसाधन जाममा रोकिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया