हट्यो ‘बत्तीमुनिको अँध्यारो’

सुशील सुवेदी
वालिङ
स्याङ्जा जिल्लामा देशकै ठूलो १ सय ४४ मेघावाटको कालीगण्डकी ए जलविद्युत्त आयोजना छ । आँधीखोला जलविद्युत केन्द्रसमेत छ । तर १ वर्ष अघिसम्म हरिनाश गाउँपालिकाबासी टुकी र मैनबत्तीको धिमे उज्यालोमै थिए । स्थानीयले आफ्नै पहलमा विद्युत उत्पादन गरी गाउँ झलमल्ल मात्र भएन, कुटानी, पिसानी, कम्प्युटर तथा इन्टरनेट सञ्चालनमा समेत सहज भएको छ ।
पुतपुत्ते खोलाबाट २०५९ सालमा ४४ किलोबाट क्षमताको पुतपुत्ते लघु जलविद्युत्त र २०६७ सालमा ९८ किलोबाट क्षमताको पुतपुत्ते लघु जलविद्युत बि सञ्चालनमा आए पनि बिजुली उज्यालेमा बस्न नपाएका स्थानीय १ हजार ४ सय घरधुरी लाभान्वित भएका छन् ।
वैकल्पिक ऊर्जा, तत्कालीन जिल्ला विकास समिति, गाविस र स्थानीय उपभोक्ताको आर्थिक एवं जनश्रमदानमा निर्मित २ लघु जलविद्युतले हरिनाश गाउँपालिकाको मुहार नै फेरिएको छ ।
स्थानीय उपभोक्ताले १ बल्ब बाल्न १३ हजार बुझाएका छन् । मग्याम चिसापानीका टेकबहादुर थापा स्थानीय तहमा पुग्दा प्रिन्ट गरिएको सिफारिसपत्र पाएपछि दंग परेको सुनाए । ‘केही समयसम्म विद्युत अनुभूति गर्न सहर बजार झर्नुपथ्र्यो, अहिले कुटानी पिसानीसमेत बिजुलीबाट नै गरेका छौँ ।’
विद्युत्त बिना संसार नै अँध्यारोजस्तो भएको हरिनाश ३ का ठाकुर सिग्देललाइ अनुभूति भयो । उनी भन्छन्, ‘बच्चा बच्चाको पढाइ, मोबाइल, इन्टरनेट चलाउनेदेखि सबै आधुनिक काम विद्युतबाट गर्न पाएका छौँ ।’
पुतपुत्ते लघु जलविद्युत्तबाट ५ सय ७५ घरधुरी र पुतपुते लघुजलविद्युत ‘बि’ बाट ८ सय ५० घरधुरीलाई विद्युत सुविधा पुगेको छ ।









सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
रिभानमा एक्यापको ३९औँ वार्षिकोत्सव, कृषि प्रदर्शनी र संरक्षणकर्मीलाई सम्मान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया