जिल्ला सेक्रेटरीसहित मध्यरातमा कास्कीबाट विप्लव माओवादीका १८ कार्यकर्ता पक्राउ

समाधान संवाददाता २०७६ जेठ २६ गते ११:२२

समाधान संवाददाता, कास्की

नेपाल प्रहरीले शनिबार राति विपल्व नेतृत्वको नेपाल कम्यूनिस्ट पार्टीका कास्की जिल्ला सेक्रेटरीसहित १८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा ४ महिलासहित १३ पुरूष रहेका छन् । कास्की, अन्नपूर्ण गाउँपालिका-११ मा बैठक भइरहेकाे सूचना पाएपछि प्रहरीले त्यहाँ पुगेर उनीहरूलाई पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा पार्टीका कास्की जिल्ला सेक्रेटरी मिलन राई(आक्रोश) समेत रहेका छन् ।

पक्राउ परेकाहरूलाई शनिबार राति नै पोखरा ल्याइएको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको कास्की प्रहरी प्रमूख दानबहादुर कार्कीले बताए ।

Advertisement

उनीहरू त्यहाँको स्थानिय आमा समूहको हलमा बैठक गरिरहेको अवस्थामा पक्राउ परेका हुन् ।

पक्राउ गर्नुअघि शनिबार दिउँसो नै प्रहरीले उनीहरूलाई घेराउ गरेर राखेको थियो ।

तपाईको प्रतिक्रिया