सगरमाथा शिखरमा गोपालसँगै अटोवेज र प्रतिभा
समाधान संवाददाता
२०७६ जेठ २६ गते १२:१५

समाधान सम्वाददाता
एचआइभी संक्रमित गोपाल श्रेष्ठले सगरमाथा आरोहणसँगै चुचुरोमा व्यवसायी र विद्यालयकोसमेत प्रतिनिधित्व गरेका छन् ।
५६ वर्षे श्रेष्ठले पोखराको अटोमोबाइल्स बिक्रेता कम्पनी अटोवेज प्रालि र प्रतिभा माविको झण्डा फहराए । सगरमाथाको चुचुरोमा झण्डा फहर्याइएपछि अटोवेजका प्रबन्ध निर्देशक र प्रतिभा माविको समेत अध्यक्ष रहेका नारायण पौडेलले भने, ‘पोखराको प्रतिष्ठित संस्थालाई शिखरमा पुर्याएर गोपाल श्रेष्ठले हामीलाई गुन लगाएका छन् । उहालाई साधुवाद ।’
५ वर्षदेखि एचआईभी पोजेटिभ संक्रमित श्रेष्ठले जेठ ८ गते बुधबार बिहान सगरमाथाको सफल आरोहण गरेका थिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया