कोदाको केक बनाउने तालिम

समाधान संवाददाता २०७६ जेठ २६ गते १५:०५

समाधान संवाददाता
पोखरा

पोखरा ६ का महिलाले कोदो लगायतका खाद्यन्नबाट केक बनाउने तरिका सिकेका छन् । पाहुनलाई नयाँ आइटम पस्किन र नेपाली खाद्यान्नको उपयोग बनाउन तालिम आयोजना गरिएको हो । खहरे आमा समूहका सदस्यले ५ दिने विभिन्न खाद्य परिकार तथा झोल साबुन बनाउने तालिम लिएका हुन् ।

पोखरा महानगरपाकिलाको आर्थिक सहयोग र आमा समूहको आयोजनामा भएको तालिममा ४० जना सहभागी थिए । तालिममा शारदा गौतमले प्रशिक्षण दिएकी छन् । समूहले कोदो, चामल, गहुँको पीठाबाट केक, निम्किन, पुरी बनाउन सिकाएको छ । केरा, आँप, जागर, खुर्सानी, काक्रा जस्ता तरकारी तथा फलफूलबाट बनेका जुस, अचार, राइता चाख्दै प्रदेश सांसद राजीव पहारीलेस्वादिष्ट परिकार बनेको बताए ।

Advertisement

समापन कार्यक्रममा पोखरा ६ का वडाध्यक्ष जगतबहादुर पहारी, वडा सदस्यहरु विष्णुबहादुर भट्टराई र राममाया विश्वकर्मा, पोखरा महानगरपालिका सूचना अधिकारी गंगालाल सुवेदी, नागरिक समाज पोखरा अध्यक्ष विष्णुहरि अधिकारी, वडा सचिव सविता ढुंगाना, पश्चिमाञ्चल होटल संघका महासचिव गणेशराज पहारी, सामुदायिक सेवा केन्द्र वैदाम अध्यक्ष मीना भट्टराई लगायतले तालिम लिएपछि सिकेको सीप उपयोग गर्न आग्रह गरे ।

तालिममा सहभागीले १ महिनासम्म नबिग्रिने अचारका साथमा ९० लिटर झोल साबुन बनाएका छन् । अचार तथा झोल साबुन बिक्रीका लागि राख्ने तयारी छ । वडा सदस्य विष्णुबहादुर भट्टराईले समूहका गतिविधिलाई निरन्तरता दिन नगद १० हजार सहयोग गरेको समूहका अध्यक्ष मैयाँ भट्टराई थापाले बताइन् । कार्यक्रममा उपाध्यक्ष अञजना पहारीले र सचिव पम्फा थापाले पनि बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया