बस र ट्याङ्कर जुध्दा १८ जना घाइते
समाधान संवाददाता
२०७६ जेठ २६ गते १७:०५

रासस, मुग्लिन
चितवनमा सवारी साधन दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।
काठमाडौंबाट मुग्लिनतर्फ आउँदै गरेको ना १ क ६४११ नं को ट्यांकर र गोरखाबाट काठमाडौं जाँदै गरेको ना ४ ख १४०४७ नं को बस पृथ्वीराजमार्गको इच्छाकामना–३ चुम्लिङटारमा आज बिहान ११:३० बजे एकआपसमा ठोक्किँदा बसमा सवार १८ घाइते भएका हुन् ।
घाइतेमध्ये चारको अवस्था जटिल रहेको मुग्लिन इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेमध्ये छ जनालाई कुरिनघाटस्थित पोलिक्लिनकमा सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर लगिएको र अन्यको सोही पोलिक्लिनिकमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
अहिले दुवै बस र तिनका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया