भारतको ऐतिहासिक जीत, हार्‍यो अष्ट्रेलिया

समाधान संवाददाता २०७६ जेठ २७ गते ८:१७

एजेन्सी

विश्वकप क्रिकेट आइतबार भएको खेलमा भारतले अष्ट्रेलियालाई ३६ रनले पराजित गरेको छ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ५३ रनको लक्ष्य दिएको थियो।

Advertisement

लक्ष्य पछ्याउन आएको अस्ट्रेलिया निर्धारित ओभरमा सबै विकेट गुमाएर ३१६ रनमा समेटिएपछि नतिजा भारतको पक्षमा गयो।

विश्वकप इतिहासमा भारतले पहिलो पटक अस्ट्रेलियालाई ३५० रनमाथिको लक्ष्य दिने टोलीसमेत बन्यो। यसअघि कुनै पनि राष्ट्रले विश्वकपमा अस्ट्रेलियालाई ३५० भन्दा बढिको लक्ष्य दिएका थिएनन्।

Advertisement

लक्ष्य पछ्याउन आएको अस्ट्रेलियाका लागि स्टिभ समिथे सर्वाधिक ७९ रन बनाएका थिए भने डेविड वार्नर र एलेक्स केरीले नटआउट ५५ रन जोडे। हिजोको खेलमा भारतीय बलरहरूले अस्ट्रेलियालाई खुलेर खेल्न दिएनन। खेल अवधिभर दबाबा राखे।

यसक्रममा भारतका लागि जसप्रीत बुमराह र भुवनश्वरले ३(३ विकेट लिए भने युज्भेन्द्र चहलले २ विकेट लिए।

जीतसँगै भारत लगातार दुई खेल जित्दै अंक तालिकाको तेश्रो स्थानमा उक्लेको छ भने अस्ट्रेलिया ३ खेलबाट ४ अंक बटुल्दै चौथो स्थानमा रहेको छ। तालिकाको पहिलो र दोश्रो नम्बरमा क्रमशः ६ र ४ अंकसहित न्यूजिल्याण्ड र इङ्ल्याण्ड रहेका छन्।

भारतको जितमा शिखर धवनले शतक प्रहार गरे। उनले १ सय ९ बल खेल्दै १ सय १७ रन जोडे । यसक्रममा उनले १६ चौकाको प्रहार गरे।

त्यसैगरी कप्तान विराट कोहलीले ८२ रन जोड्दा रोहित शर्मा र हार्दिक पाङड्याले क्रमशः ५७र ४८ रन बनाए। महेन्द्रसिंह धोनीले २७ रनको योगदान दिए।

यसक्रममा अष्ट्रलियाका लागि मार्कस स्टोनिसले दुई विकेट लिदां तथा प्याट कुमिन्स, मिचेल स्टार्क र नाथन कौल्टर निलले समान १(१ विकेट लिए।

तपाईको प्रतिक्रिया