गाँउपालिकाको पहलमा अंग्रजी शिक्षकलाई तालिम

समाधान संम्वाददाता
मुस्ताङ
दुर्गम हिमाली जिल्ला मुस्ताङको घरपझोङ गाँउपालिकाले यहाका प्राथमिक तहमा पढाउने शिक्षक शिक्षिकालाई तालिम अवसर जुराएको छ । गाँउपालिका भित्रका १० वटा सामूदायिक तथा निजी विद्यालयका २१ शिक्षक–शिक्षिकाले अग्रेंजी भाषा पढाउने तालिम लिएको नेल्टा मुस्ताङका संयोजक कर्ण थकालीले जानकारी दिए ।
घरपझोङ गाँउपालिका मुस्ताङको आयोजना तथा शिक्षा विकास तथा समन्वय ईकाईको समन्वय र नेल्टा गण्डकी प्रदेशको प्राविधिक सहयोगमा संञ्चालित ३ दिने अंग्रजी भाषाको तालिममा प्राथमिक तहका शिक्षकहरुको पेशागत दक्षता अभिबृद्धि गर्ने उद्देश्यले तालिम दिएको गाँउपालिकाका अध्यक्ष आश बहादुर थकालीले जानकारी दिए । उनले विश्वब्यापी भाषा शिकाईले शिक्षकहरुको क्षमता विकासमा योगदान दिने बताए ।
तालिममा भाषा संञ्चार र पढाई, लेखाई र बोलाई शीपको विकास गरी ४ विधामा केन्द्रित रहेर तालिम संञ्चालन भएको नेल्टा गण्डकी प्रदेश अध्यक्ष एवं प्रशिक्षक डा. नवराज न्यौपानेले जानकारी दिए ।
३ दिने अंग्रजी भाषा तालिमको नेल्टाका नवराज न्यौपाने र नेल्टा गण्डकी प्रदेश संयोजक कमलराज लम्सालले शहजीकरण गरेका थिए ।
कार्यक्रमको समापनमा गाउपालिका अध्यक्ष आशबहादुर थकाली,शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख टंकराज बराल, नेल्टा गण्डकीका अध्यक्ष नवराज न्यौपाने र शिक्षक प्रशिक्षार्थी द्धय सिङ्गे डोल्पा गुरुङ र जगतमोहन अधिकारीले बोलेका थिए । कार्यक्रम संञ्चालन गाउपालिकाका कर्मचारी राजेन्द्र आचार्यले गरेका थिए ।
गाँउपालिकाले प्रदान गरेको तालिममा कक्षा १ देखि ५ सम्मको आधारभुत तहका नेपाली भाषामा पढाउने शिक्षक–शिक्षिकालाई पनि तालिममा सहभागी गराईएको थियो ।









पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया