माउन्ट कैलाशको लोगो सगरमाथामा

समाधान संवाददाता २०७६ जेठ २७ गते १५:१९

समाधान संवाददाता, पोखरा

माउन्ट कैलाश रिसोर्ट पोखराको लोगो विश्वको सगरमाथाको शिखरमा पुगेको छ । आरोही गेल्जे शेर्पाले माउन्ट कैलाशको लोगो सगरमाथा पुर्‍याएका हुन् । ओखलढुंगा खिजिदेम्बा गाउँपालिका २ नस्पुका शेर्पाले ९ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् । अन्तर्राष्ट्रिय पथप्रर्दशकसमेत रहेका उनले जेठ २ गते बिहान ७ बजे माउण्ट कैलाश रिसोर्टका लोगो शिखरमा फराएका थिए ।

आरोही शेर्पाले शनिबार माउन्ट कैलाश रिसोर्टमा सगरमाथामा रिसोर्टको लोगो पु¥याएको तस्बिरसहितको फ्रेम रिसोर्टका सञ्चालक नरेश भट्टराईलाई हस्तान्तरण गरे । रिसोर्टका सञ्चालक भट्टराईले पोखराको रिसोर्टको लोगो सगरमाथामा पुर्‍याएकोमा आरोही शेर्पालाई धन्यवाद दिए । कार्यक्रममा रिसोर्ट सञ्चालक भट्टराईले शेर्पालाई पर्वातारोहण पर्यटन सभावनादूत घोषणा गरे । उनले यसअघि पनि विभिन्न देशबाट रिर्सोटले तीन वटा अर्वाड पाइसकेको बताउँदै यो पनि ठूलो उपलब्धि भएको सुनाए ।

Advertisement

सगरमाथा आरोही शेर्पाले माउन्ट कैलाश रिसोर्टका लोगो सगमाथाको शिखरमा पुर्‍याउन पाउँदा खुसी लागेको बताए । शेर्पाले पर्वातारोहणका लागि आउने पर्यटक र अन्य घुम्न आउने पर्यटकलाई फरक ढंगले हेर्ने गरिएको बताउँदै सबै खाले पर्यटक एकै उद्देश्यले नेपाल घुम्नु र बुझ्नु रहेको बताए । पर्वातारोहणका लागि आउने पर्यटकले बढी खर्च गर्ने भएकाले गण्डकी प्रदेशका उच्च हिमालमा पनि आरोहणलाई आकर्षण गर्ने गरि कार्यत्रलम ल्याउनु पर्ने सुनाए । शेर्पाले सगरमाथा २००८ बाट आरोहण गर्न सुरु गरेका हुन् । अन्नपूर्ण प्रथम (८०९१ मिटर) उच्च हिमालको २०१८ मा आरोहण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया