तरकारी बाेक्ने भ्यानकाे ठक्करबाट १ काे मृत्यु

समाधान संवाददाता, पाेखरा
काभ्रे घर भई हाल पोखरामा मजदूरी गर्दै आएका २० वर्षीय कृष्ण प्रसाद चौलागाईंको मंगलबार भ्यानले ठक्कर दिँदा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।
पृथ्वीचोकबाट अम्मरसिंह चोकतर्फ जाँदै गरेको बा १४ च ५८१२ नम्बरको तरकारी बोक्ने भ्यानले सोही दिशातर्फ जाँदै गरेको ग ८ प १९१४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक चौलागाईंको मुत्यु भएको हो।
दुर्घटनामा घाइते भएका उनको उपचारका लागि पोखरा हस्पिटलमा पुर्याए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। दुर्घटनापश्चात भाग्न खोजेका भ्यानका चालक नवलपरासीका ४० वर्षीय कृष्ण सुवेदीलाई स्थानीयले समातेपछि प्रहरीले नियन्त्रणमा लिएको छ।
मृतक चौलागाईंको शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्तालमा राखिएको ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख मुरारी मिश्रले जानकारी दिए।
काठमाडौंस्थित एक इन्टरनेट कम्पनीमा काम गर्ने उनी कामकै शिलशिलामा पोखरा आएका थिए। बाटो काट्ने क्रममा महिलालाई जोगाउन खोज्दा उनको स्कुटर पल्टेको थियो। स्कुटरसहित पल्टिएका चौलागाईंलाई पछाडिबाट आइरहेको भ्यानले ठक्कर दिएको हो।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया