पोखराको उत्तमचोकमा गोली चल्यो

समाधान संवाददाता २०७६ जेठ २९ गते १२:४१
सांकेतिक तस्बिर ।

लागु औषध कारोबारी र २ प्रहरी घाइते ।

पोखरा उत्तम चोकमा प्रहरीमाथि आक्रमणमा उत्रिएका लागु औषध कारोबारी प्रहरीको गोलीले घाइते भएका छन् । बुधबार बिहान साढे ११ बजे उत्तमचोकको एउटा रेस्टुरेन्टमा रहेका उनलाई पक्रन गएको प्रहरीमाथि जोन भन्ने गोविन्द थापाले उल्टै प्रहरीमाथि प्रहार गरेको र प्रहरीले गोली हान्दा थापाको गोलीगाँठामा लागेर घाइते भएको कास्की प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार थापाको आक्रमणबाट २ जना प्रहरी पनि घाइते भएका छन् । थापाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र प्रहरीहरुको पार्कल्यान्ड हस्पिटलमा उपचार भइरहेको छ ।

लागु औषध कारोबारी थापायसअघि ज्यान मार्ने उद्योगमा जेल परी हालै निस्किएका व्यक्ति हुन् । उनको साथमा ठूलो परिमाणमा लागुऔषध रहेको भन्ने सूचनाका आधारमा पक्रन प्रहरी पुगेको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया