प्रहरीकाे गाेलीबाट घाइते भएका थापा खतरामुक्त

समाधान संवाददाता २०७६ जेठ २९ गते १३:५४

समाधान संवाददाता, पाेखरा

पोखराकाे उत्तमचाेकमा प्रहरीको गोली लागेर घाइते भएका लागु औषध कारोबारी गोविन्द थापा खतरामुक्त रहेको चिकित्सकले बताएका छन् ।

देब्रे खुट्टाको घुँडा मुनी गोली लागेका थापाको पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठान पश्चिमाअञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । अस्पतालका डाक्टर सुमन पौडेलले थापाको अवस्था खतरामुक्त रहेको बताए ।

Advertisement

प्रहरीले थापा कुख्यात लागु औषध कारोबारी र नियमित सेवनकर्ता रहेको जनाएको छ । ठूलो परिमाणमा लागु औषध ओसार पसार गरिरहेको अवस्थामा उनलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो ।

उनको साथबाट कम्तिमा १५ सय सेट लागु औषध बरामद भएको छ ।

Advertisement

पक्राउ परेका थापा यसअघि पनि लागु औषध ओसार पसार गरेको मुद्दामा कतारमा सन् २0१४ देखि १८ सम्म कारावासको सजाय भुक्तान गरेका थिए ।

तपाईको प्रतिक्रिया