फेसबुकलाई जानकारी दिएबापत् पैसा पाइने एप आउँदै

एजेन्सी, काठमाडाैं
सामाजिक सञ्जाल फेसबुकले आफूलाई केही विशेष जानकारी दिने प्रयोगकर्तालाई पैसा दिने नयाँ एप ल्याउने भएको छ ।
स्टडी नाम दिइएको उक्त एप एन्ड्रोइडमा उपलब्ध हुनेछ । स्टडी एपले प्रयोगकर्ता कुन कुन एप्लिकेसन, कुन देशबाट कति समयसम्म प्रयोग गरिरहेका छन् भन्ने जानकारी लिने छ ।
फेसबुकले स्टडीमार्फत् प्रयोगकर्ताका सन्देश, पासवर्ड र खोलेका वेवसाइटहरू जस्ता वैयत्तिक र गोप्य विवरण भने संकलन नगरिने जनाएको छ ।
यसअघि फेसबुक रिसर्च नामको एपबाट फेसबुकले यस्ता डाटाहरू संकलन गर्न लागेको थियो । तर उक्त एपले टिनएजर्सलाई लक्षित गरेको र गोपनियतामाथि हस्तक्षेप गरेको भन्दै विरोध गरेपछि बन्द गरिएको थियो ।
फेसबुकले फेरि त्यस्तै खालको एप सार्वजनिक गर्न लागेको हो । तर स्टडी एपमा सहभागी हुने प्रयोगकर्ता १८ वर्ष कटेको हुनुपर्छ । फेसबुक एकाउन्टमा भएको जन्ममितिका आधारमा उमेर तय हुनेछ ।
फेसबुकले यसरी तयार भएको विवरण विज्ञापन पठाउन वा अन्य प्रयोजनका लागि प्रयोग नहुने बताएको छ ।
फेसबुकबाट पैसा पाउन प्रयोगकर्ताको पेपल खाता हुनुपर्नेछ । कति विवरण दिएवापत् कति पैसा पाइन्छ भन्नेबारे खुलाइएको छैन।
यो एप सुरूमा अमेरिका र भारत लञ्च गरिनेछ ।
सबै फेसबुक प्रयोगकर्ताले स्टडी एप प्रयोग गर्न पाउने छैनन् । लक्षित प्रयोगकर्ताको समूहको वालमा फेसबुकले स्टडी एपको विज्ञापन देखाउनेछ । त्यसैमा क्लिक गरेर साइन इन गर्न सकिने समाचार संस्था एपीले जनाएको छ ।









चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया