टिपरको ठक्करबाट एक पत्रकारको मृत्यु, चालक फरार

समाधान संवाददाता २०७६ जेठ २९ गते १६:२२

समाधान संवाददाता, सुर्खेत

सुर्खेतको भेरीगंगा नगरपालिका–८ लोदेमा टिपरले मोटरसाईकललाई ठक्कर दिँदा पत्रकार नन्द बहादुर गेलाङ्गको मृत्यु भएको छ ।

उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गेलाङ सुर्खेतबाट प्रकाशन हुने ‘पहिचान दैनिक’का सम्पादक हुन् भने नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका सह–सचिव हुन् ।

Advertisement

छिन्चुबाट मेहलकुना जाँदै गरेका गेलाङ्ग सवार भे८प ७६०४ नम्बरको मोटरसाइकललाई रुकुम पश्चिमबाट आइरहेको बा५ख १६८३ नम्बरको टिपरले ठक्कर दिएको इलाका प्रहरी कार्यालय छिन्चुका प्रहरी निरीक्षक निरोज चौलागाईंले जानकारी दिए ।

आफ्नै साईडमा गुडिरहेको मोटरसाईकललाई टिपरले ठक्कर दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ठक्कर दिएलगत्तै टिप्पर चालकले ब्याक गरेर उनलाई मारेको र चालक फरार रहेको चौलागाईंले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया