मापदण्ड नपुगेका कुश्माका सडक

समाधान संवाददाता २०७६ जेठ ३० गते १२:४०

रामकृष्ण लामिछाने
पर्वत

कुश्मा नगरपालिका अन्तर्गत १४ वटै वडामा निर्माणाधीन सडकले स्टमेटको अंश नछोएको पाइएको छ । कुश्मा नगरपालिकाको अनुगमन शाखाले आव ०७५÷०७६ सकिनै लाग्दा गरेको अनुगमनमा यस्तो भेटिएको हो । कुश्माको खौला लाँकुरी, ठूलीपोखरी, आर्थर, पाङ, खुर्कोटसहितका वडामा सडक निर्माण स्टमेट अनुसार भएका छैनन् ।

अनुगमनकर्ता उपमेयर सीता काफ्ले लामिछानेका अुनसार नगरपालिकाले हरेक वडामा निर्माण भएका सडक ८ मिटर चौडाइ हुनुपर्ने बताइन् । उनले भनिन्, ‘हामीले अनुगमन गर्दा प्रायः सडक ५ मिटर केही सडक ६ मिटर सम्मका छन्, सिधै विकासभन्दा खर्च बढी हुने जस्तो भएको उनको निष्कर्ष छ ।’ निर्माण भएका सडक कुनै केही स्टेमेटअनुसारका भए पनि केही उपयोगमा नआउनले खालका भेटेको काफ्लेको भनाइ छ ।

Advertisement

कुश्मा नगरपालिकाले चालु आवमा सबै गाउँघर र वडामा सहज सडक र यातायात पु¥याउन भन्दै ८ लाख रुपयाँ विनियोजन गरेको थियो । कुश्मा नगरपालिका पूर्वाधार शाखाका इन्जिनियर सुवास लामिछानेले स्टमेट भन्दाबाहिर निर्माण गरेका सडककोे बिल फछ्र्योट नगर्ने निर्णय भएको बताए । स्थानीय उपभोक्ता समितलिाई सडक निर्माणको जिम्मा दिइएको भए पनि भनेजस्तो काम नभएको इन्जिनियर लामिछानेको भनाइ छ ।

यता,वडाले सडकलाई जम्मा २ लाख छुट्यााउँदा आफूहरु मर्कामा परको कुश्मा ३ खौंलाका स्थानीय डम्बर खत्रीले गुनासो गरे । उनले स्थानीय जनताको जनश्रमदान र चन्दाको भरमा बाटो खनेर ग्राबेल गर्न लाग्दासमेत वडाले उपेक्षा गरको आरोप लगाए । वडामा ‘कुनकुन क्षेत्रमा के कति बजेट विनियोजन भयो, हामीलाई थाहा छैन,’ खत्रीले भने, ‘स्थानीय जनप्रतिनिधिले दुख दिएको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया