पर्यटन प्रवद्र्धनका पूर्वाधारको खाँचो

समाधान संवाददाता २०७६ जेठ ३० गते १४:०९

समाधान संवाददाता
जोमसोम

पर्यटन प्रर्वद्धनका दीगो विकासका लागि पूर्वाधारको खाँचो रहेको मुस्ताङका पर्यटन व्यवासयीले ओैंल्याएका छन् । पर्यटक प्रहरी इकाई काठमाडाैंले बुधबार जोमसोममा आयोजनाको गरेको १ दिने अनुशिक्षण तथा अन्तक्र्रियाको शून्य समयमा पर्यटन व्यवसायीले त्यस्तो आवश्यकता औंल्याएका हुन् ।

मुस्ताङमा पर्यटकहरुको चाप खहरे भेल जस्तो नहोस् भन्ने उनीहरुको आवाज थियो । पर्यटकहरुको अभिलेख भरपर्दो बनाइनुपर्ने, आगन्तुक पुस्तिकामा रेकर्ड राख्नुपर्ने, स्वास्थ्य सेवाको दायरालाई फराकिलो बनाइनुपर्ने, पदमार्गहरुको संरक्षणमा जोड दिनुपर्ने, मूल्यमा एकरुपता कायम गर्नुपर्ने लगायतमा पनि व्यवसायीले जोड दिए । पर्यटकबाट हुनसक्ने अपराध र अवैध गतिविधिप्रति सचेत रहनुपर्ने खाँचो उनीहरुले औंल्याए ।

Advertisement

जिसस प्रमुख छिरिङ ल्हामो गुरुङले विश्वमाझ नै हिमाली जिल्ला मुस्ताङ र मनाङको फरक पहिचान भएको उल्लेख गरिन् । विकासको गतिसँगै पुराना पहिचान मासिन थालेकोमा उनले चिन्ता व्यक्त गरिन् । उनले राज्यले शुल्क घरपझोङ गाउँपालिकाका अध्यक्ष आशबहादुर थकालीले मुस्ताङको आधा अर्थतन्त्र पर्यटन व्यवसायले धानेको सुनाए ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले सरकारले लक्ष्य गरेको नेपाल भ्रमण वर्ष सफल पार्न स्थानीय स्तरमा पर्यटन प्रवद्र्धनात्मक गतिविधि प्रोत्साहन गर्नुपर्ने बताए । पर्यटक प्रहरी इकाई र एक्यापले प्रहरीको अभिलेख संकलन गर्ने भएकाले सघाउन उनले व्यवसायीलाई सुझाव दिए । मुस्ताङमा वर्षेनी ६० हजार विदेशी र ३ लाख स्वदेशी पर्यटक भित्रने गरेको क्षेत्रीले उल्लेख गरे ।

Advertisement

प्रहरी नायब उपरीक्षक तुलबहादुर कार्कीले पर्यटकको सुरक्षाका लागि प्रहरी सचेत रहेको जानकारी दिए । उनले पर्यटकको उद्धार र व्यवस्थापनमा नेपाल प्रहरीसँगै सशस्त्र प्रहरी, नेपाली सेना र रेडक्रसले एकीकृत सेवा दिँदै आइरहेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मुस्ताङका अध्यक्ष चन्द्रबहादुर थकाली, पत्रकार महासंघ मुस्ताङका अध्यक्ष सुन्दरकुमार थकाली लगायतले बोलेका थिए । यसअघि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) प्रमुख तुलसी दाहाल र नेपाल प्रहरीकी भगवती तिमिल्सिनाले प्रस्तुतीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया