बागलुङको बरेङमा पशु मेला

समाधान संवाददाता २०७६ जेठ ३१ गते १३:४२

समाधान संवाददाता
बागलुङ

बागलुङ बरेङ गाउँपालिकामा पशु मेला प्रदर्शनी गरिएको छ । गाउँपालिका कार्यालयको आर्थिक सहयोग र पशु सेवा शाखा कार्यालय बरेङको आयोजनामा गाउँपालिकाको कार्यालय सुदलामा पशु मेला प्रदर्शनी गरिएको हो ।

बागलुङको बरेङ गाउँपालिकाका ५ वटै वडाका किसानका गाई, गोरु, रागाँ भैंसी, बाख्रा, बङगुर, उन्नत तथा लोकल कुखुराको प्रदर्शनी रहेको कार्यक्रममा गाउँपालिकाका ३, ४, ५ वडाका किसानले भने सहभागीता जनाएका थिएनन् ।

Advertisement

प्रदर्शनी मेला टाढा भएको, सबैलाई पाएक नपरेकोले कम मात्रामा किसानले आफ्ना पशु लिएर उपस्थिति भएको जानकारी दिँदै पशु शाखा कार्यालय बरेङका प्रमुख नेत्रप्रसाद शर्माले आगामी वर्षमा धेरै ठाउँमा केन्द्र बनाएर किसानको मुल्यांकन गरिने बताए । किसानले पनि धेरै ठाउँमा केन्द्र हुनुपर्ने सुझाव दिएको शर्माको भनाई थियो ।

पालिका कार्यालय भन्दा केहि टाढा भएकाले आवत जावतमा समस्या हुने भएपछि उक्त वडाका किसानले सहभागिता नजनाएका हुन् । वडा नम्बर १ र २ का गरी जम्मा २६ जना किसानका पशुहरु प्रदर्शनी गरिएकोमा ११ जनाले सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । प्रदर्शनीमा राँगातर्फ बरेङ गाउँपालिका १ का कुलप्रसाद शर्मा प्रथम, बरेङ २ का रामबहादुर खत्री द्वितीय र बरेङ २ कै मिमलाल नेपाली तृतीय भएका छन् । बोयर बाख्रो तर्फ बरेङ गाउँपालिका २ का देवबहादुर खत्री प्रथम, बोयर बोका तर्फ र जमुनापारी बोका तर्फ बरेङ गाउँपालिका २ का प्रेमबहादुर थापा प्रथम, बरेङ २ का शेरबहादुर थापा द्वितीय र २ कै होमबहादुर पुन तृतीय भएका छन् ।

Advertisement

मेला प्रदर्शनीमा खसीतर्फ बरेङ १ का जुजुमान गलामी प्रथम, बरेङ २ का शेरबहादुर थापा द्वितीय भएका छन् । त्यस्तै बङगुरतर्फ बरेङ २ का नरबहादुर पुनले प्रथम स्थान हासिल गरेका थिए । बिजेता किसानले नगद ५ हजार र उपबिजेताहरुले नगद २ हजार प्राप्त गरेको पशु सेवा कार्यालयले जानकारी दिएको छ ।

विजेता किसानलाई हुग्दिशिरका वडाध्यक्ष गुप्तप्रसाद कालाले सम्मान गरेका थिए भने पशु शाखा कार्यालय बरेङका प्रमुख नेत्रप्रसाद शर्माले नगद पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया