सुजुकी स्कुटरको ब्रान्ड एम्बेसडरमा मिस नेपाल २०१८ शृंखला खतिवडा

समाधान संवाददाता २०७६ जेठ ३१ गते १४:१३

समाधान संवाददाता, पोखरा

मिस नेपाल तथा मिस वल्र्डमा मल्टिमिडिया र ब्युटी विथ पर्पस अवार्ड विजेता शृंखला खतिवडालाई ब्रान्ड एम्बेसडरमा मनोनयन भएकी छन् । सुजुकीका लागि नेपालको आधिकारिक आयातकर्ता तथा बिक्रेता भिजी अटोमोबाइल्स प्रालिले आफ्नो स्कुटर रेन्ज (बर्गम्यान, एक्सेस र लेट्स) का लागि २०१८ कि मिस नेपाल विजेता खतिवडालाई मनोनयन गरेको हो ।

सुजुकीले आफ्नो स्कुटर ब्रान्ड बर्गम्यान, एक्सेस र लेट्सले बजार प्रवद्र्धनका साथै जनमानसमा ब्रान्डप्रतिको विश्वासलाई अझ उचाइमा पुर्‍याउन सक्ने विश्वासका साथ शृंखला खतिवडालाई मनोनयन गरेको भिजी अटोमोबाइल्सले जनाएको छ ।

Advertisement

छोटो समयमा उपभोक्ताको मन जित्न सफल बर्गम्यान र एक्सेस स्कुटर १ स्टाइलिस स्कुटर भएको साथै १२५ सिसीको पावरफुल इन्जिनका साथै आकर्षक फिचर भएकाले ग्राहकको मनमा बस्न सफल रहेको प्रालीको दावी छ । ब्युटी विथ ब्रेनको अवधारणा अनुसार मिस नेपाल र सुजुकी स्कुटरको सहकार्य आउने वर्षमा अझ प्रगाढ हुने कम्पनीले विश्वास लिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया