कास्कीमा लागु औषधको गोदामै कब्जा, झण्डै १३ लाखको समान वरामद, भाइ पक्राउ, दाइको खोजी

समाधान सम्वाददाता
कास्की प्रहरीले लागु औषधको गिरोह ध्वस्त पार्ने अभियान तिव्र पारेको छ । यसै क्रममा शुक्रबार लागु औषधको गोदाम नै कास्की प्रहरीले फेला पारेको छ । पोखरा–१० रामघाट स्थित एक घरलाई लागु औषधका कारोबारीले गोदाम कै रुपमा प्रयोग गरिरहेको सुचनाका आधारमा छापामार्दा ठुलो परिणाममा लागु औषध फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् ।
करिब १३ लाख रुपैया बराबरको लागु औषध बरामद गरेको कास्की प्रहरीले त्यसका विक्रेता मध्येका एक डेभिड तामाङलाई गिरफ्तार गरेको छ । १८ बर्षीय तामाङलाई सोही गोदामबाटै समातिएको हो ।
प्रहरी नायव निरिक्षक सन्तोष सुवेदीको कमाण्डमा खटिएको टोलीले तीन बोरा फेन्सिडिल सहित ठुलो मात्रामा डाइजापाम र नर्फिन फेला पारेको थियो ।
एउटा गल्ली भित्रको टिनको छाप्रोको कुनाको कोठालाई गोदामका रुपमा प्रयोग गरिएके थियो । सोही कोठाबाट लागु औषध विक्री वितरण समेत हुँदै आएको कास्की प्रहरीको दावी छ ।
पक्राउ परेका डेभिडले आफुलाई दाइले फसाएको बताएका छन् । सोही कमाण्ड भित्र बस्ने महिलाहरुका अनु्सार डेभिडको दाइ कहिलेकाही आउने जाने गरेको बताएका छन् । प्रहरीले डेभिडसंग बयान लिन बाँकी रहेकाले सो कारोबारको सञ्जालका बारेमा थप बताउन सकेको छैन ।
दुई दिन अघि पोखराको उत्तमचोकमा लागु औषध कै कारोबारी जोन भन्ने गोविन्द थापालाई गोली प्रहार गरेरै गिरफ्तार गरिएको थियो । घाइते जोनको अहिले पनि उपचार भैरहेको छ ।







जंगल फाँडेर सुन्तलाखेती विस्तार
महिलालाई आयआर्जनमा लगाउन पञ्चैबाजा प्रशिक्षण
मुस्ताङ आउने विदेशी पर्यटकको संख्या १८ प्रतिशतले वृद्धि
महिला उम्मेदवारी सुनिश्चित गर्न दलको भूमिकामाथि छलफल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया