वडा जोड्ने सडक स्तरोन्नति

समाधान संवाददाता २०७६ असार १ गते १४:५२

समाधान सम्वाददाता

पोखरा महानगरपालिकाका ३ वटा वडा जोड्ने फुलवारी, भलाम हुँदै बाटुलेचौर सडक स्तरोन्नति सुरु भएको छ । पोखराको ११ फूलबारीदेखि २० को मुख्य केन्द्र भलाम र वडा नम्बर १६ बाटुलेचौर जोड्ने ११ किलोमिटर बाटो प्रदेश सरकारको ४ करोड ४० लाख रुपैयाँमा स्तरोन्नति भइरहेको बाटो उपभोक्ता समितिका अध्यक्ष शेरबहादुर गौतमले जानकारी दिए ।

पोखरा बजारको बैकल्पिक बाटोको रुपमा लिइएको नालासहित ९ मिटर चौडाइको सो बाटो फराकिलो बनाउँने क्रमसँगै ह्युमपाइप एवं आवश्यकता अनुसार पर्खालसमेत निर्माण गरिएको उनको भनाइ छ ।

Advertisement

३ दशकअघि ट्रयाक खोलिएको उक्त बाटो स्तरोन्नतिसँगै ३ वटै वडाका जनतालाई पोखरा आवतजावतमा सुविधा पुग्ने बताउँदै उनले निर्माणका क्रममा जग्गा धनीसँग केही विवाद भए पनि आपसी समझदारीका आधारमा समाधान खोजिएको बताए । पोखरा २० का वडाध्यक्ष सिम गुरुङले निर्माणाधीन बाटो निरीक्षण गर्दै तोकिएको समय र गुणस्तरमा कुनै पनि सम्झौता नहुने प्रतिवद्धता व्यक्त गरे । सडक निर्माण वडाको पहिलो प्राथमिकतामा रहेको उल्लेख गर्दै उनले विकास निर्माणमा स्थानीय वासिन्दाको रेखदेखले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

३ वटै वडालाई पोखरासँग जोडने वैकल्पिक उक्त सडक निर्माणसँगै यस क्षेत्रको उत्पादनको बजारीकरणसहित स्थानीय बासिन्दालाई यातायाताको सुविधा पुग्नेछ ।

Advertisement

तपाईको प्रतिक्रिया