गण्डकी प्रदेशको बजेट–पूर्वाधार विकासलाई पहिलो प्राथमिकता, पर्यटन दोश्रो नम्बरमा

समाधान संवाददाता २०७६ असार १ गते १९:१४

समाधान सम्वाददाता

अर्थमन्त्री किरण गुरुङले आगामी आर्थिक बर्षका लागि प्रस्तुत गरेको गण्डकी प्रदेशको बजेटले पूर्वाधार विकासलाई पहिलो प्राथमिकता दिएको छ । सोही अनुासार बजेट पनि बिनियोजन गरेका छन् ।

आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गर्दै मन्त्री गुरुङले ‘समृद्ध प्रदेश निर्माणका आधार, पर्यटन, ऊर्जा, कृषि, उद्योग र भौतिक पूर्वाधार’ नारा तय गरिएको बताउदै भने– ‘पर्यटन र ऊर्जाका क्षेत्रमा सार्वजनिक र निजी क्षेत्रको लगानीलाई उच्च प्राथमिकता दिइनेछ । प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेटमा देहायका क्षेत्रमा लगानीलाई उच्च प्राथमिकता दिएको छु ।’
बजेट भाषणमा उल्लेख भए अनुसार भौतिक पूर्वाधार पहिलो नम्बरमा छ । सोही अनुसार बजेट समेत बिनियोज गरिएको छ । विकास बजेट मध्ये झण्डै ४५ प्रतिशत रकम पूर्वाधार विकास कै लागि बिनियोजन गरिएको छ । पूर्वाधार विकासका लागि ८ अरब १८ करोड बिनियोजन गरेको अर्थमन्त्रीले बताए ।

Advertisement

पर्यटन क्षेत्रको एकीकृत विकास दोश्रो प्राथमिकतामा राखिएको छ भने शिक्षा, कृषि क्षेत्रको आधुनिकीकरण तेश्रो प्राथमिकता निर्धारण गरिएको छ । पाँचौमा उत्पादनमूलक उद्योग क्षेत्रको विकास, स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाको ग्यारेन्टी,मानव संशाधनको विकास र सुशासनको प्रत्याभूति परेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया