कर्मचारीलाई तलबी भ्रमण बिदा

समाधान संवाददाता २०७६ असार २ गते ११:२२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्न कर्मचारीलाई तलबी भ्रमण बिदा दिने भएको छ । प्रवद्र्धन गरेका होमस्टे घुम्न प्रेरित गर्ने सरकारको उद्देश्य छ । होमस्टे पुगेर त्यसको बिल पेस गरेपछि सरकारले भ्रमण बिदा र बिदा अवधिको तलब उपलब्ध गराउने छ । यो सुविधा प्रदेश सरकारका कर्मचारीका लागि उपलब्ध हुनेछ ।

‘यस्तो सुविधा प्रदेश सरकारबाट स्वीकृत कार्यविधिबाट सञ्चालन गर्न बजेटको व्यवस्था मिलाएको छु,’ अर्थमन्त्री किरण गुरुङले भने । नेपाल सरकारबाट निजामती कर्मचारीका लागि घोषणा गरिएको तलब वृद्धि दरमा एकरूपता हुने गरी प्रदेश सरकारमा कार्यरत कर्मचारीको तलव वृद्धि समायोजन गरिने पनि अर्थमन्त्रीले सुनाए ।

Advertisement

उनले भने, ‘प्रदेश सरकारको तहगत संरचना अनुसार तलब स्केल कायम गरिबनेछ । साथै, प्रदेश सरकारले गठन गरेका नयाँ संरचना अनुसारका पदहरूमा पदपूर्ति गर्ने व्यवस्था मिलाएको छु ।’

Advertisement

तपाईको प्रतिक्रिया