मेलमिलाप केन्द्रमा दुवै पक्षको जित हुन्छः प्रमुख जिसी

समाधान संवाददाता २०७६ असार २ गते ११:२८

समाधान संवाददाता, पोखरा

पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले स्थानीय तहका विवाद मेलमिलापमार्फत समाधान गर्न मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

पोखरा महानगरपालिका न्यायिक समितिले आयोजना गरेको मेलमिलाप सम्बन्धी ८ दिने आधारभूत तालिमको समापन कार्यक्रममा बोल्दै प्रमुख जिसीले न्यायमा नागरिककको सहज पहुँच पु¥याउँदै समाजमा हुने सामान्य विवादलाई मेलमिलापमार्फत समाधान गर्न न्यायिक समितिको परिकल्पना संविधानले गरेको बताए ।

Advertisement

उनले झन्झटिलो अदालती प्रक्रियालाई अन्त्य गर्दै वडातहमै विवाद समाधान गरेर दुवैले जित्ने अवस्था सिर्जना गर्न मेलमिलाप केन्द्र स्थापना गरिएको बताए । प्रमुख जिसीले महानगरमा स्रोत र साधनको अभाव रहेको बताउँदै सिमित स्रोत र साधनलाई अधिकतम प्रयोग गरेर समाजमा रहेका विवादलाई मिलाउनुपर्ने बताए । उनले नागरिकले सहज न्याय पाउने वातावरण सिर्जना गर्न गर्नुपर्नेमा जोड दिँदै पोखरा महानगरको न्यायिक समितिले अन्य स्थानीय तहबाट अब्बल काम गरेको दावी गरे ।

पोखरा महानगरको न्यायिक समितिले अन्य स्थानीय तहका न्यायिक समितिले सिक्न लायक छ भन्ने गरि काम गरेको छ उनले थपे, ‘अझै कामलाई तिव्र रुपमा अगाडि बढाएर नागरिकले सहज न्याय पाउने वातावरण निर्माण गर्नुपर्छ ।’

Advertisement

उनले स्थानीय तहमा हुने विवाद अदालत पुर्‍याउने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले मेलमिलापकर्ताको भूमिका महत्वपूर्ण हुने भन्दै कुनै लोभलालचमा नपरी न्याय दिनुपर्ने बताए । पोखरा महानगरका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङले मेलमिलापमार्फत विवादको समाधान गर्नु उत्तम उपाय भएको बताइन् । उनले मेलमिलापले समाजमा दीगो शान्ति स्थापना र पक्ष विपक्ष दुवैले जित्ने वातावरण सिर्जना हुने बताइन् । पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले समाजमा दीगो शान्ति स्थापनाका लागि मेलमिलाप मार्फत विवाद समाधान उत्तम उपाय भएको बताए ।

कार्यक्रममा न्यायिक समिति सदस्य पार्वती कार्की, किशोर बराल, तालिमका सहभागीतका तर्फबाट एकराज न्यौपाने, शर्मिला पौडेल, शोभा गुरुङ, श्याम केसी, तिलकुमारी सुनार लगायतले विवाद समाधानको उत्तम उपाय मेलमिलाप भएको बताउँदै आठ दिने तालिम सफलदायी र प्रभावकारी भएको बताए ।

जेठ २६ गतेबाट सुरु भएको तालिममा पोखरा महानगरका ३३ वटा वडाका ८६ जना सहभागी भएका थिए । तालिम समापनको अवसरमा सहभागीहरुलाई पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङले प्रमाणपत्र वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन महानगरका कानुन अधिकृत राममणि अधिकारीले गरेका थिए ।

तपाईको प्रतिक्रिया