यात्रु लुट्ने ३ लुटेरा पक्राउ

समाधान संवाददाता २०७६ असार २ गते १३:२२

समाधान संम्वाददाता, जोमसोम

म्याग्दीको रघुगंगा गाउपालिका १ तिप्ल्याङमा जीप सवार यात्रु लुट्न खोज्ने ३ जना लुटेरा समूहलाई म्याग्दी प्रहरीले घटना स्थलबाट पक्राउ गरेको जनाएको छ ।

म्याग्दी प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक धुव्रप्रसाद शर्माका अनुसार पोखरा देखि मुस्ताङको लोमान्थाङतर्फ जादै गरेको ग १ ज ५९०९ नम्बर भएको भाडाको जीपमा सवार यात्रु माथि करिव ३ बजेको समयमा म्याग्दीको तिप्ल्याङमा गाडी रोकेर लुटपाट गरेको जनाईएको छ ।जीप सवार ६ यात्रुहरु लोमान्थाङ गाउपालिका २ छोसेर निवासी हुन् ।

Advertisement

सडक अन्धकार भएको अवस्थामा जीप रोकेर यात्रु लुट्न खोज्नेमा म्याग्दी रघुगंगा गाउपालिका १ का यनज पूर्जा ,म्याग्दी अन्नपूर्ण गाउपालिका ७ हिस्तानका समिट पुन र पर्वत जलजला गाउपालिका १ का कुशल पाईजा रहेको सूचना अधिकारी प्रहरी निरीक्षक शर्माले जानकारी दिए । जीपका यात्रु लुट्ने लुटेराको समूहले केही नगद र लत्ताकपडा लगेको जानकारी प्राप्त भएको शर्माले बताए ।

यस्तै जीपमा सवारी यात्रु कर्मा नाम्ग्याल गुरुङले लुटेराहरुले जीप रोकी नगद रुपैया, झोला र लत्ता कपडा लगेको जानकारी दिए । उनका अनुसार लुटेराहरुले यात्रुहरुको झोला खोलेर कपडा कालिगण्डकीमा फालेको र केही योजना संम्झौताका आवश्यक कागजपत्र समेत छरपष्ट पारेको बताए ।

Advertisement

म्याग्दी बेनी–मुस्ताङ सडकमा यात्रु माथि लुटपाटको घटना यो पहिलो भएको प्रहरीले बताएको छ । घटनाको जानकारी पाउने बिक्तिकै म्याग्दी प्रहरीले लुटेरा पक्रन सफल भएको जीपका यात्रु नाम्ग्यालले जानकारी दिए । उनका अनुसार उक्त जीप छुसाङ –लोमान्थाङ रुटमा चल्ने भएपनि काम बिशेषले पोखरा झरेको थियो ।जीपका मालिक लोमान्थाङ गाउपालिका –५ का ढुके गुरुङ भएको उनले बताए ।

पक्राउ परेका ३ जना लुटेराको समूहलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको म्याग्दी प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया