मिस्टर एन्ड मिस एसइई गण्डकीकाे उपाधि समीर र सनिशालाई

समाधान संवाददाता २०७६ असार २ गते १४:३०

समाधान संवाददाता, पोखरा

एसइई परीक्षा दिएर बसेका विद्यार्थी लक्ष्य गर्दै हिमाअस एजुकेसनको प्रस्तुतिमा आयोजनामा भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई गण्डकी २०१९’ को उपाधि क्रमशः समीर गुरुङ र सनिशा गुरुङले जितेका छन् ।

फस्ट रनरअप राहुल सापकोटा र दीपिशा कोइराला भए । सेकेन्ड रनरअप निशान सुनार र प्रतिमा भण्डारी भए । थर्ड रनरअप रामकृष्ण भण्डारी र स्नेहा गुरुङ भए । प्रतियोगितामा रोजी बास्तोला र आवेश गुरुङले भ्युअरर्स च्वाइसको अवार्ड प्राप्त गरेका थिए ।

Advertisement

उपाधि विजेता सनिशा गुरुङ र समीर गुरुङले नगद ५०÷५० हजार रुपैयाँ र न्यु ग्यालेक्सी उच्च माविमा पूर्ण छात्रवृत्ति तथा अन्य गिफ्ट भौचर प्राप्त गरे । फस्ट रनरअपले २५÷२५ हजार नगदसहित उपहार पाए । सेकेन्ड रनरअपले नगद १५÷१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको एस टी क्रियसनका निर्देशक सुरज थापाले जानकारी दिए । प्रतियोगितामा २६ जना विद्यार्थी सहभागी थिए ।

Advertisement

तपाईको प्रतिक्रिया