हेटौंडामा बस दुर्घटना: एकको मृत्यु, ३१ घाइते

समाधान संवाददाता २०७६ असार २ गते १४:४०

समाधान संवाददाता, हेटाैंडा

चितवनको नारायणघाटबाट वीरगन्ज जाँदै गरेको बस हेटौंडाको चुरियामाईमा दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३१ यात्रु घाइते भएका छन् ।  

जिल्ला प्रहरी कार्यालयका मकवानपुरका प्रहरी उपरिक्षक मुकेश सिंहका अनुसार ना ५ ख ४०१५ को बस बिहान साढे आठ बजेतिर अनियन्त्रित भई दुर्घटनामा परेको हो ।  

Advertisement

दुर्घटनामा मृत्यु भएकी महिलाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

घाइतेहरूको हेटौंडास्थित चुरे हिल तथा जिल्ला अस्पताल मकवानपुरमा उपचार भइरहेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ ।

Advertisement

तपाईको प्रतिक्रिया