५ तहमा फाेहाेरबाट माेहाेर

समाधान संवाददाता २०७६ असार ३ गते ११:५७

सुशील सुवेदी
वालिङ

मानिसले शक्ति प्राप्तिका लागि खाएको खाना पाचन प्रक्रियापछि अनावश्यक वस्तु दिसा, पसिना र पिसाबको रुपमा बाहिर निस्किन्छन् । तिनै अनावश्यक वस्तुमध्ये दिसाजन्य लेदो व्यवस्थापन गर्न नजाने अनेक रोग लाग्ने र वातावरण प्रदुषण हुने गर्दछ ।

दिसाजन्य पदार्थको व्यवस्थापन गर्न ५ स्थानीय तहले चासो देखाएका छन् । पछिल्लो समय यही फोहोर खेतबारीदेखि भान्साकोठासम्म प्रयोग गर्दै फोहोरबाट आम्दानी लिन सकिने शैली अपनाउन थालिएको छ ।

Advertisement

नगरपालिकाको अन्तर्राष्ट्रिय छाता संगठन संयुक्त स्थानीय सहरी सरकार— एसिया प्यासिफिक (युसीएलजी एएसपीएसी) र नेपाल नगरपालिका संघको सहकार्यमा नेपालमा यो अभियान सञ्चालन गरिएको हो । नेपाल र बंगलादेशको ५,५ वटा नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापनका गर्ने गरी युसीएलजी एएसपीएसी र नेपालको नगरपालिका संघ साथै बंगलादेशको नगरपालिका संघले सम्झौता गरिसकेका छन् ।

नेपालको ५ नगरमा वालिङ नपा (गण्डकी प्रदेश ), लहान नपा (२ नं प्रदेश ), धुलिखेल नपा ( ३ नं प्रदेश ), लमही नपा (५ नं प्रदेश ), भीमदत्त नपा (७ नं प्रदेश ) मा दिसाजन्य लेदो व्यवस्थापनको काम भइरहेको छ ।

Advertisement

‘हामीले आवश्यक अध्ययन सकेका छौँ, यसको नीति निर्माण गर्दै विस्तृत कार्ययोजनाको साथ दिसाजन्य लेदो व्यवस्थापनमा लाग्नेछौँ,’ वालिङ नगरपालिका प्रमुख दिलीपप्रताप खाँणले बताए ।

सदुपयोग गर्न सके फोहोरबाट मोहोर कमाउन सकिने बताउँदै खाँणले भने, ‘ दिसाजन्य वस्तुको व्यवस्थापन गर्दै मिथेन ग्याँस र कम्पोष्ट मल बनाउने डिजाइन सुरु गरेका छौँ ।

संयुक्त स्थानीय सहरी सरकार एसिया प्यासिफिक (यूसीएलजी एएसपीएसी) र नेपाल नगरपालिका संघको सहकार्यमा नेपालमा स्वच्छता कायम गर्ने उद्देश्यले अभियान सुरु गरिएको हो ।

गत मंसिरमा नेपाल नगरपालिका संघ र वालिङ नगरपालिकाबीच दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी कार्यपत्रमा सम्झौता गरिएको थियो । सोही सम्झौता बमोजिम वालिङ नगरपालिकासहित सबै नगरले यसको व्यवस्थापन गर्नेछन् ।

नेपालका ५ वटा नगरपालिका र बंगलादेशका ५ वटा नगरपालिकामा दिसाजन्य लेदो व्यवस्थापनका क्षेत्रमा हालसम्म भइरहेका कार्यप्रगति तथा एकापसमा छलफल गर्दै अनुभव आदान प्रदान गरियो । कहाँ फाल्ने भन्ने फोहोरको सदुपयोग गर्दै आर्थिक स्रोतका रुपमा दिसाजन्य लेदोलाई प्रयोग गरिने वालिङ नगर उपप्रमुख कल्पना तिवारीले बताइन् ।

तपाईको प्रतिक्रिया