सेफ अफ दि इयरमा गण्डकी प्रदेशबाट २ छनोट

समाधान संवाददाता, पोखरा
लुकेर बसेको प्रतिभालाई उत्प्रेरित गर्दै नयाँ र मौलिक क्षमता वृद्धि गर्ने उद्देश्यले भएको सेफ अफ दि इयरका लागि गण्डकी प्रदेशबाट २ जना छनोटमा परेका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, राष्ट्रिय सीप परीक्षण समिति, नेपाल व्यवसायिकता योग्यता निर्धारण प्रणाली परियोजना, स्विस कन्टयाक्ट तथा नेपाल सरकार र स्विस सरकार विकास सहयोगद्वारा संयुक्तरुपमा नेपाल मै पहिलो पटक आयोजना गरेको राष्ट्रिय पाककला प्रतियोगिताका लागि गण्डकी प्रदेशबाट पूर्णभक्त दाहाल र विशेषमान वुद्धचार्य छनोटमा परेका हुन् ।
पोखराको गेट भोकेसनल फ्याब स्कुलमा भएको छनोट प्रक्रियामा गण्डकी प्रदेशका विभिन्न होटल तथा रेस्टुरेन्टमा कार्यरत करिव २२ जना कुक सहभागी थिए । प्रतियोगीताको गण्डकी प्रदेश छनोट चरणमा प्रमुख पाक शास्त्री सेफ राजकुमार लामा र सेफ राजेन्द्र पौडेलले अन्तरबार्ता र सीपकला परीक्षणका माध्यमबाट पूर्णभक्त र विशेषमानलाई छनोट गरेका हुन् ।
गण्डकी प्रदेशबाट छनोट भएका दुवै जनाले असार ६ गते पोखराको गेट भोकेसनल फ्याब स्कुलमा हुने फाइनल प्रतियोगितामा सहभागिता जनाउनेछन् । ७ वटै प्रदेशबाट अन्तिम १४ मा पर्न सफल प्रतियोगीको प्रतिष्पर्धा गराई यस वर्षको सेफ अफ द इयर घोषणा गरिने छ । प्रतियोगितामा प्रथम हुनेले १ लाख, द्वितीयले ७५ हजार र तृतीयले हुनेले नगद ५० हजार सहित विभिन्न उपहार प्राप्त गर्ने गेट भोकेसनल फ्याब स्कुलका प्रबन्धक विवेक पौडेलले जानकारी दिए ।









पोखरा महानगर कार्यालय वाणिज्य बैंकको भवनमा
डा. देवकोटा विश्वका उत्कृष्ट ‘पहिरो वैज्ञानिक’ को सूचीमा
सम्पादकीय—समानुपातिक प्रणालीको हुर्मत
इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया