यसकारण बोलचालै बन्द भयो प्रधानमन्त्री र प्रचण्डको

समाधान संवाददाता २०७६ असार ३ गते १८:४०

समाधान संवाददाता
दुनियालाई चकित पार्ने गरी पार्टी एकताको सहमति र घोषणा गरेका नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आजभोली बोलचालै बन्द भएको चर्चा छ । उनीहरुबीचको तिक्तता सार्बजनिक रुपमै देखिन थालेको छ ।

प्रधानमन्त्रीको जिम्मेबारी सम्हालिरहेका पार्टी अध्यक्ष ओली भारत भ्रमणमा गएको बेलामा प्रचण्डले एक मिडियालाई अन्तरवार्ता दिदै विगतका सहमित ओलीले पालना गर्ने कुरामा आफु विश्वस्त रहेको बताए पछि उनीहरु बीच सम्बाद भएको छैन । ओलीले एक्लै पेलेर हिडेको गुनासो प्रचण्डले आफु निकटस्थहरुसंग गर्दै आएका छन् ।

पछिल्लो पटक गत जेठ २३ गते नेकपा सचिवालयको बैठकमा देखभेट भएका ओली र प्रचण्डबीच त्यसयता फोनमा समेत कुराकानी नभएको समाचार सेतोपाटीले प्रकाशन गरेको छ ।
सो अनलाईनका अनुसार युरोपको आठ दिने भ्रमण सकेर असार १ गते नेपाल फर्किएपछि ओलीले गुठी विधेयकबारे परामर्श गरे। सोमबार उपत्यकाका सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग पार्टी अध्यक्षको समेत हैसियतमा छलफल गरेका ओलीले अर्का अध्यक्ष प्रचण्डलाई भने सो बैठकमा पनि आमन्त्रण गरेनन्।

Advertisement

‘सोमबार नै पार्टी कार्यालय धुम्बाराहीमा भएको एक कार्यक्रममा सहभागी भएका प्रचण्ड पनि त्यहाँबाट सचिवालयकै अर्का सदस्य माधवकुमार नेपाललाई भेट्न उनकै निवास कोटेश्वरमा पुगे तर बाटोमा पर्ने बालुवाटार छिरेनन्।’ श्रोतलाई उल्ल्ेख गर्दै सेतोपार्टीले लेखेको छ, ‘नेपालनिवास कोटेश्वरमा निकैबेर बस्नुभएका प्रचण्ड कमरेडले प्रधानमन्त्रीको कार्यशैलीबारे गुनासो गर्नुभयो।’

मंगलबार दिउँसोसम्ममा पनि उनीहरुबीच कुराकानी भएको छैन। ‘भेटेरै कुराकानी हुनु त परको कुरा फोनमा समेत कुरा भएको छैन’ स्रोतले भन्यो ‘तत्काल उहाँहरुबीच कुरा हुने सम्भावना पनि देखिएको छैन। बरू सचिवालयका सदस्य माधवकुमार नेपाल भने दुबै अध्यक्षसँग बराबरी सम्बन्धमा हुनुहुन्छ।’

Advertisement

पार्टी संगठन विभागलगायत जिम्मेवारी बाँडफाँटका विषयमा दुई नेताबीच मतभेद छ। झन्डै तीन साताअघि प्रधानमन्त्री ओली भारत गएका बेला प्रचण्डले एक अन्तर्वार्तामा ओलीसँग साढे दुई वर्षमा आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको र प्रधानमन्त्री त्यो सहमति कार्यान्वयन नगर्ने कुरा आफूले कल्पना पनि नगर्ने बताएका थिए।

प्रधानमन्त्री ओलीले भने प्रचण्डको यो भनाइमा गम्भीर प्रतिक्रिया जनाएका छैनन्। उता मंगलबार नै नया पत्रिका दैनिकले प्रधानमन्त्रीको परिधी भनेर मुख्य समाचार प्रकाशित गरेको थियो । सो समाचारमा पनि प्रधानमन्त्री ओली कै आलोचना गरिएको छ । नयाँ पत्रिकामा यस्तो समाचार आउनु पनि प्रधानमन्त्रीसंग प्रचण्ड असन्तुष्ट छन् भन्ने पुष्टी भएको विश्लेषकहरु बताउछन् ।

तपाईको प्रतिक्रिया