प्रधानमन्त्रीको गम्भीर आरोप–०१७ सालमा कांग्रेस कै कारण प्रजातन्त्र गुम्यो, अहिले गणतन्त्र विरुद्ध मोर्चाबन्दी गर्दैछ

समाधान संवाददाता २०७६ असार ३ गते १९:२७

समाधान सम्वाददाता

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको आन्दोलनबाट स्थापित परिवर्तनका विरुद्धमा षडयन्त्र भैरहेको आरोप लगाएका छन् । यसमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि सहयोगीको भुमिकामा रहेको उनले संकेत गरे ।

संसदमा सम्बोधन गर्न अवरोध गरिएपछि पत्रकार सम्मेलन आयोजना गरेर प्रधानमन्त्री ओलीले ०१७ सालको घटना नर्बिसन कांग्रेसलाई आग्रह गरे । अहिले गणतन्त्र, संघीयता, जनताको सार्वभौमसत्ताविरुद्ध अलोकतान्त्रिक शक्तिहरुको मोर्चाबन्दी भएको भन्दै उनले भने–‘यसप्रति सहज हुनुपर्ने लोकतान्त्रिक शक्तिहरुको एकता एकता विथोल्न कांग्रेस नै अग्रसर भएको देख्दा आश्चर्य लागेको छ।ँ

Advertisement

प्रगतिशील शक्तिमाथि प्रतिबन्ध लगाउने र प्रतिकृयावादी शक्तिसँग मिल्ने कांग्रेसको तत्कालिन नीतिकै कारण ०१७ सालको घटना भएको भन्दै प्रधानमन्त्री ओलीले भने, ‘आज जुन प्रवृत्ति देखा गरेको छ, यसले लोकतन्त्रिक अभ्यास अगाडि जान सक्दैन । यो बहुत गम्भीर अवस्था हो ।’ उनले जनताको बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्नु सबैको साझा दायित्व भएको उनले बताए ।

प्रधानमन्त्री ओलीले प्रमुख विपक्षी कांग्रेसमाथि संसदमा असंसदीय र अमर्यादित व्यवहार देखाएको आरोप लगाए । पहिले प्रधानमन्त्री, त्यसपछि विपक्षी दलका नेता र वरियताक्रमअनुसार अरुले बोल्ने भन्दै उनले भने, ‘मलाई आश्चर्य लाग्यो मेरा मित्र, शेरबहादुर देउवाजी आफैं प्रधानमन्त्रीले होइन, मैले पहिला बोल्नुपर्छ भनेर ह्वेल घेर्न नेतृत्व गर्नुभयो । आश्चर्यतकित भएँ म, उहाँलाई संसदीय मर्यादा थाहा हुनुपर्ने हो ।’

Advertisement

तपाईको प्रतिक्रिया