पाँचथरमा फेरी अर्काे हत्याः कार्यलयबाट फिल्डमा खटिएकी सुजता मृत फेला

समाधान संवाददाता, पाँचथर
पाँचथरकाे हिलिहाङ गाँउपालिकामा एक युवतीको शव फेला परेकाे छ ।
मंगलबार हिलिहाङ –६ चित्ते भन्ने ठाँउमा एनएमबी माईक्रोफाईनान्स गोपेटार शाखामा काम गर्ने फिल्डको कर्मचारी सुजता तामाङको धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा शव फेला परेको हाे।
तामाङ इलामको माइजोगमाई गाँउपालिका घर भई फिल्ड कर्मचारीको रुपमा कार्यरत थिईन् । कार्यालयबाट फिल्डमा खटिएको कर्मचारी दिउँसो–४ बजेसम्म सम्पर्कमा नआएपछि खोजीनीति गरेपछि बल्ल उक्त घटना खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
धारीलो हतियार प्रहार गरी भिरबाट खसेकाे अवस्थामा शव भेटिएको पाँचथरका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए । तामाङकाे झोला र छाता बाटोमा र बाटोभन्दा करिब ५० मिटर तल शव भेटिएको प्रहरीले जानकारी दिएको छ।
हत्यामा कसको संलग्नता छ भन्ने बारे खुल्न सकेको छैन् ।
जिल्लाको मिक्लाजुङ गाँउपालिकाको आरुबोटे भन्ने ठाँउमा नौ जनाको हत्या भएको र सोहि गाँउपालिका– ४ मा किशोरीको हत्या भएको घटना नसेलाउँदै अर्को हत्याको घटना भएको हो ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया