पोखरा ८ का गतिविधि डकुमेन्ट्रीमा

समाधान संवाददाता २०७६ असार ४ गते १२:४५

समाधान संवाददाता, पोखरा

पोखरा ८ ले आफ्नो वडाका गतिविधि समेटेर तयार पारेको डकुमेन्ट्री सार्वजनिक गरेको छ । वडाध्यक्ष रुद्रनाथ बरालले मंगलबार सेवाग्राही माझ रिमोट थिचेर डकुमेन्ट्रीे औपचारिक रुपमा सार्वजनिक गरेका हुन् । डकुमेन्ट्री सार्वजनिक गरेपश्चात् वडाध्यक्ष बरालले डकुमेन्ट्रीले वडावासी र जनप्रतिनिधिबीच सेतुको काम गर्ने विश्वास व्यक्त गरे । उक्त डकुमेन्ट्री हरेक दिन कार्यालय समयमा प्रसारण गरिने वडाध्यक्ष बरालले जानकारी दिए ।

डकुमेन्ट्रीमा निर्वाचित जनप्रतिनिधि आइसकेपछि भएका भौतिक विकास तथा सामाजिक क्षेत्रमा भएका गतिविधि समेटिएको छ । डकुमेन्ट्रीमा वडाले दिने सेवाका बारेमा पनि सेवाग्राहीलाई जानकारी गराइएको छ ।

Advertisement

झण्डै आधा घन्टा लामो डकुमेन्ट्रीमा वडावासीले जनप्रतिनिधिबाट गरेका अपेक्षा, वडाबासीकै विश्लेषणमा जनप्रतिनिधि, वडास्थित अन्य राजनीतिक दलका पदाधिकारीले गरेका टिप्पणी लगायत सामग्री समेटिएका छन् । वडामा भइरहेका तथा योजनाबद्ध महत्वपूर्ण कार्यक्रमबारेमा पनि अवगत गराइएको छ । पत्रकार विनोद लामिछाने र महेश क्षेत्रीले उक्त डकुमेन्ट्री तयार पारेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया