मार्फा थकाली समाज घरको मापदण्ड विपरीतको पर्खाल भत्काइयो

समाधान संवाददाता २०७६ असार ४ गते १३:१४

समाधान संवाददाता
पोखरा

पोखरा १२ चापापानीस्थित मार्फा थकाली समाज घरको मापदण्ड विपरीतको कम्पाउन्ड भत्काइएको छ । मापदण्ड छोडेर कम्पाउन्ड लगाउन पोखरा १२ को कार्यालयले पटक पटक आग्रह गर्दा पनि अटेरी गरेपछि वडा कार्यालयको सक्रियतामा पोखरा महानगरपालिकाको टोलीले कम्पाउन्ड भत्काएको हो ।

मनिपाल जाने बाटो विस्तार गर्ने क्रममा अन्य सबै जग्गाधनीले मापदण्डअनुसारको जग्गा छोडे पनि मार्फा थकाली समाज घरले पटक पटक आग्रह बेवास्ता गरेपछि बाध्य भएर भत्काउनु परेको पोखरा १२ का अध्यक्ष रामबहादुर कार्कीले बताए ।

Advertisement

बाटो विस्तारको लागि महानगरपालिकाबाट २० लाख बजेट प्राप्त भएको छ भने गत वर्ष पनि महानगरपालिकाबाट १० लाख बजेट विनियोजन भएको थियो । समाज घरको कम्पाउन्ड पर्खाल नहटाएका कारण गत वर्षको रकम फ्रिज भएको स्थानीय जगत कार्कीले बताए ।

पर्खाल भत्काउने पोखरा १२ का जनप्रतिनिधि, कर्मचारी, पोखरा १३ का अध्यक्ष दर्शन लामा, पोखरा ११ का अध्यक्ष मोहन बास्तोला लगायत उपस्थित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया