टेलिकमले ल्यायो २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर
समाधान संवाददाता
२०७६ असार ४ गते १३:३७

समाधान संवाददाता, काठमाडाैं
नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ ।
आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो ।
यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ । अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ ।
यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ । अथवा *१५१५* ८# डायल गरी यो सेवा लिन सकिन्छ ।
नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ ।
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया