टेलिकमले ल्यायो २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर

समाधान संवाददाता २०७६ असार ४ गते १३:३७

समाधान संवाददाता, काठमाडाैं

नेपाल टेलिकमले २० रुपैयाँमा ७० मिनेट कुराकानी गर्ने अफर ल्याएको छ ।

आफन्त र साथीभाइहरुको साथमा रमाउनका लागि भन्दै टेलिकमले आफ्ना ग्राहकहरुका लागि नयाँ अफर ल्याएको हो ।

Advertisement

यस अघि टेलिकमले २ दर्जनभन्दा बढी अफर ल्याइसकेको छ । अनलिमिटेड वान आवर प्याक दिइएको यस अफरमा २० रुपैयाँले ७० मिनेट कुराकानी गर्न सकिने, इन्टरनेट चलाउन वा अनलिमिटेड म्यासेज पठाउन पनि सकिने टेलिकमले जनाएको छ ।

यो सेवा प्रयोग गर्नका लागि FDPACK लेखेर १४१५ मा म्यासेज पठाउनु पर्छ । अथवा *१५१५* ८#  डायल गरी यो सेवा लिन सकिन्छ ।

Advertisement

नाफालाई मात्र महत्व नदिइ मुलुकका विकट र अनकन्टार गाउँ, वस्तीहरुमा समेत दुरसंचार सेवा प्रदान गरिरहेको टेलिकमले नयाँ अफरले ग्राहकहरुलाई केही सहज बनाएको आशा गरेको छ ।

तपाईको प्रतिक्रिया