उपल्लो मुस्ताङमा हावाबाट बल्यो बिजुली

समाधान संम्वाददाता
मुस्ताङ
उपल्लो मुस्ताङमा हावाबाट बिजुली बलेको छ ।जिल्लाको लोमान्थाङ गाउँपालिका – ४ चुङजुङमा एकसाताअघि हावाबाट बिजुली उत्पादन सफल भएको हो । प्रधानमन्त्री केपि शर्मा ओलीको हावाबाट बिजुली बाल्ने लक्ष्य मुस्ताङमा दोश्रो पटक सफल भएको हो ।
लोमान्थाङको सीमावर्ती गाउ चुङजुङमा सौर्य तथा वायु उर्जा प्रणाली संञ्चालनमा आएपछि स्थानीयले सूचना सन्देश ,श्रब्य दृष्य र उज्यालोबाट राहत पाएका हुन् । सदियौ देखि अन्धकारमा रुल्मुलिएको दुरदराजको अतिविकट गाउ चुङजुङमा बिजुली बलेपछि स्थानीय सर्वसाधारण खुसी भएका छन् ।
चुङजुङमामा उर्जा,वातारण अनुसन्धान तथा बिकासकेन्द्र र जन उर्जा तथा वातारण बिकास संघको सयूक्त पहलमा उक्त सौर्य तथा वायुबाट चल्ने हाईब्रिड उर्जा परियोजना संम्पन्न भएको हो । परियोजनाका लागि फिनिस संस्था सेमेन्पु फाउन्डेसन फिनल्याण्ड र ईकोइनर्जी कम्पनीले आर्थिक सहयोग गरेका हुन् । चुङजुङमा सौर्य ३ किलोवाट र वायु उर्जा १ किलोवाट गरी कुल ४ किलोवाट बिद्युत उत्पादन हुने जन उर्जा तथा वातावरण बिकास संघका कार्यकारणी अधिकृत बिराज गौतमले जानकारी दिए । उनका अनुसार सौर्य उर्जा सोलार र वायु पंखाको माध्यमबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाईएको हो ।
सौर्य तथा वायु उर्जाका लागि सय एम्पियरको ८ ओटा टुबुलर जेल ब्याट्री र ४ केभी। ए। को ईन्भटर जडान भएको अधिकृत गौतमले खुलाए । वायु उर्जा पंखा साउथ वेस्ट विन्ड पावरको डिजाइनमा आधारित व्हिस्पर २ सय ब्रान्डको छ , भने यो भारतीय आई।ई।सी। १६ सय मापदण्ड अन्तर्गतको गुणस्तर चिन्ह प्राप्त ब्रान्ड हो भएको अधिकृत गौतमको भनाई छ ।
सौर्य तथा वायु उर्जा संञ्चालनमा आएपछि सीमावर्ती गाउ चुङजुङका ३६ घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय रिचुङ गुरुङले बताए।‘हामी सधै बत्ती मुनीको अध्यारोमा थियौ,सौर्य तथा वायु उर्जाले ठुलो राहत दिएको छ ,’ उनले भने । उर्जा परियोजनाले प्रत्येक घरधुरीमा बत्ति र तारको व्यवस्था समेत गरेको हो ।
यसका अतिरिक्त सामुदायिक भवन र त्यहा रहेको स्कुलमा समेत बिद्युतीकरणको व्यवस्था मिलाईएको छ । स्कुले बालबालिकाको शैक्षिक पठन–पाठनमा टेवा पुर्याउने उद्देश्यले उक्त उर्जाकै सहयोगमा एउटा टेलिभिजन राखेको छ , भने गाउभित्रको बाटोमा हिडडुलका लागि स्ट्रिट लाईट जडान गरेको कार्यकारणी अधिकृत गौतमले जानकारी दिए ।
यस्तै, २ वर्षअघि बुद्ध पावर कम्पनीले पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा ३ किलोेवाट क्षमताको सौर्य तथा वायु उर्जा परियोजनाको सफल परिक्षण गरेको थियो । बुद्ध पावर कम्पनीले मुस्ताङमा ४० मेघावाट सम्म हावाबाट बिजुली निकाल्न सकिने निश्कर्ष निकालेको थियो ।
हावाबाट बिजुली निकाल्ने प्रयास मुस्ताङको कागबेनीमा २०४४ सालतिर पनि भएको थियो । तर,पर्याप्त भौगोलिक अध्ययन बिना जडान गरिएको उक्त परियोजना १ महिनामै असफल भएको थियो ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया