उपल्लो मुस्ताङमा हावाबाट बल्यो बिजुली

समाधान संवाददाता २०७६ असार ५ गते १४:५४

समाधान संम्वाददाता
मुस्ताङ

उपल्लो मुस्ताङमा हावाबाट बिजुली बलेको छ ।जिल्लाको लोमान्थाङ गाउँपालिका – ४ चुङजुङमा एकसाताअघि हावाबाट बिजुली उत्पादन सफल भएको हो । प्रधानमन्त्री केपि शर्मा ओलीको हावाबाट बिजुली बाल्ने लक्ष्य मुस्ताङमा दोश्रो पटक सफल भएको हो ।

लोमान्थाङको सीमावर्ती गाउ चुङजुङमा सौर्य तथा वायु उर्जा प्रणाली संञ्चालनमा आएपछि स्थानीयले सूचना सन्देश ,श्रब्य दृष्य र उज्यालोबाट राहत पाएका हुन् । सदियौ देखि अन्धकारमा रुल्मुलिएको दुरदराजको अतिविकट गाउ चुङजुङमा बिजुली बलेपछि स्थानीय सर्वसाधारण खुसी भएका छन् ।

Advertisement

चुङजुङमामा उर्जा,वातारण अनुसन्धान तथा बिकासकेन्द्र र जन उर्जा तथा वातारण बिकास संघको सयूक्त पहलमा उक्त सौर्य तथा वायुबाट चल्ने हाईब्रिड उर्जा परियोजना संम्पन्न भएको हो । परियोजनाका लागि फिनिस संस्था सेमेन्पु फाउन्डेसन फिनल्याण्ड र ईकोइनर्जी कम्पनीले आर्थिक सहयोग गरेका हुन् । चुङजुङमा सौर्य ३ किलोवाट र वायु उर्जा १ किलोवाट गरी कुल ४ किलोवाट बिद्युत उत्पादन हुने जन उर्जा तथा वातावरण बिकास संघका कार्यकारणी अधिकृत बिराज गौतमले जानकारी दिए । उनका अनुसार सौर्य उर्जा सोलार र वायु पंखाको माध्यमबाट ब्याट्री चार्ज हुने व्यवस्था मिलाईएको हो ।

सौर्य तथा वायु उर्जाका लागि सय एम्पियरको ८ ओटा टुबुलर जेल ब्याट्री र ४ केभी। ए। को ईन्भटर जडान भएको अधिकृत गौतमले खुलाए । वायु उर्जा पंखा साउथ वेस्ट विन्ड पावरको डिजाइनमा आधारित व्हिस्पर २ सय ब्रान्डको छ , भने यो भारतीय आई।ई।सी। १६ सय मापदण्ड अन्तर्गतको गुणस्तर चिन्ह प्राप्त ब्रान्ड हो भएको अधिकृत गौतमको भनाई छ ।

Advertisement

सौर्य तथा वायु उर्जा संञ्चालनमा आएपछि सीमावर्ती गाउ चुङजुङका ३६ घरधुरी प्रत्यक्ष लाभान्वित भएको स्थानीय रिचुङ गुरुङले बताए।‘हामी सधै बत्ती मुनीको अध्यारोमा थियौ,सौर्य तथा वायु उर्जाले ठुलो राहत दिएको छ ,’ उनले भने । उर्जा परियोजनाले प्रत्येक घरधुरीमा बत्ति र तारको व्यवस्था समेत गरेको हो ।

यसका अतिरिक्त सामुदायिक भवन र त्यहा रहेको स्कुलमा समेत बिद्युतीकरणको व्यवस्था मिलाईएको छ । स्कुले बालबालिकाको शैक्षिक पठन–पाठनमा टेवा पुर्‍याउने उद्देश्यले उक्त उर्जाकै सहयोगमा एउटा टेलिभिजन राखेको छ , भने गाउभित्रको बाटोमा हिडडुलका लागि स्ट्रिट लाईट जडान गरेको कार्यकारणी अधिकृत गौतमले जानकारी दिए ।

यस्तै, २ वर्षअघि बुद्ध पावर कम्पनीले पनि जिल्ला प्रहरी कार्यालय मुस्ताङमा ३ किलोेवाट क्षमताको सौर्य तथा वायु उर्जा परियोजनाको सफल परिक्षण गरेको थियो । बुद्ध पावर कम्पनीले मुस्ताङमा ४० मेघावाट सम्म हावाबाट बिजुली निकाल्न सकिने निश्कर्ष निकालेको थियो ।

हावाबाट बिजुली निकाल्ने प्रयास मुस्ताङको कागबेनीमा २०४४ सालतिर पनि भएको थियो । तर,पर्याप्त भौगोलिक अध्ययन बिना जडान गरिएको उक्त परियोजना १ महिनामै असफल भएको थियो ।

तपाईको प्रतिक्रिया