खाद्यका महादिर्नेशकसहित १३ विरुद्ध भ्रष्टाचार मुद्दा

समाधान संवाददाता २०७६ असार ६ गते ११:४२

समाधान संवाददाता, काठमाडौं

कृषि आधुनिकीकरण परियोजनामार्फत प्रयोगशाला मोबाइल भ्यान खरिद गर्दा भ्रष्टाचार गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक संजीवकुमार कर्णसहित १३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोजनाबाट ४ वटा मोबाइल भ्यान खरिद गरेको भनिए पनि कार्यालयमा दाखिला नगरी प्राप्त भएको विवरण तयार पारी भ्रष्टाचार गरेको आरोपमा आयोगले महानिर्देशक कर्णविरुद्ध १२ करोड ४० लाख ४७ हजार ५ सय ५८ बिगो माग गर्दै मुद्दा दायर गरेको हो ।

Advertisement

आपूर्तिकर्तासँग मिलेमतो गरी गैरकानुनी लाभ लिई नेपाल सरकारलाई हानी नोक्सानी पु¥याएको अध्ययनबाट पत्ता लागेको आयोगले जनाएको छ । ४ थान प्रयोगशाला मोबाइल भ्यानको २ पटक गरी २४ करोड ८० लाख ९५ हजार १ सय १६ रुपैयाँ हिनामिना गरेको पाइएका अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

आयोगले खरिद प्रक्रियामा मिलेमतो गर्ने विभागका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत पूर्णचन्द्र वस्ती, लेखापाल रवीता श्रेष्ठ, नासु गुरुदत्त गौतम, शाखा अधिकृत भागिरथ आचार्य, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना व्यवस्थापन एकाइ खुमलटारका उपसचिव (लेखा) गणेशप्रसाद चालिसे र लेखापाल बालाराम पोख्रेल विरुद्ध मुद्दा दायर गरेको छ ।

Advertisement

तत्कालीन परियोजना निर्देशक नरहरिप्रसाद घिमिरे, वरिष्ठ कृषि इञ्जिनीयर सरोज अधिकारी, वरिष्ठ योजना अधिकृत तिलकराज चौलागाईं, परियोजना निर्देशक लक्ष्मणप्रसाद पौडेल, वरिष्ठ अनुगमन मूल्यांकन अधिकृत इन्द्रहरि पौडेल र आपूर्तिकर्ताका प्रतिनिधि प्रवीण कुँवरविरुद्ध आरोपपत्र दायर गरिएको छ ।

तपाईको प्रतिक्रिया