मुस्ताङमा ५ औं अन्तराष्ट्रिय योग दिवस मनाईयो

समाधान संवाददाता २०७६ असार ६ गते १३:१९

समाधान संम्वाददाता
मुस्ताङ

५ औं अन्तराष्ट्रिय योग दिवसका अवसरमा शुक्रबार हिमालपारी मुस्ताङमा र्‍याली तथा योग शिविर भएको छ । जिल्ला आयूर्वेद स्वास्थ्यकेन्द्र, ब्रम्हकुमारी राजयोग प्रशिक्षणकेन्द्र तथा पतञ्जली योग पीठको संयूक्त आयोजनामा सञ्चालित योग कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि तथा कर्मचारी, जिल्ला स्थित सरकारी निकायका कर्मचारी, सुरक्षा निकाय, आमा समूह, यूवा क्लव र विद्यार्थीहरुले योग दिवस मनाए ।

घरपझोङ गाँउपालिका कार्यालयबाट सुरु भएको र्‍यालीका सहभागीले जोमसोम बजार परिक्रमा गरे । र्‍यालीपछि आयोजित योग सभालाई सम्बोधन गर्दै पूर्व सांसद श्रीमाया थकालीले शारिरीक, भौतिक, माानिशिक योगले नै मानिसलाई सत्मार्ग लाग्न उत्प्रेरणा दिने बताईन् । उनले राजनितिक क्षेत्रमा पनि बिचलनवाद हावी हुदै गईरहेको तर्फ ईन्गित गर्दे पूर्व सांसद थकालीले राजनितिक हिमायतीलाई पनि योगको आवश्यकता परेको औल्याईन । ‘भौतिक शरिर गाडी जस्तै हो, त्यसलाई हाक्ने चालक आत्मा हो,‘ सही आत्मले सकारात्मक चिन्तन लिएर हिड्न सहयोग पूर्‍याउछ, उनले भनीन्,‘ समाज र राष्ट्रको विकासका लागि शरिर, आत्मा र परमेश्वरको समायोज आवश्यक छ ।’

Advertisement

मुस्ताङका प्रजिअ गंगाबहादुर क्षेत्रीले सकारात्मक सोच र स्वस्थ्य रहनु वास्तबिक योग भएको बताए । उनले मनभित्र हुटहुटी जाग्नु ,चिन्ता र पीडाँ साँच्नु आदी आत्मा अस्थिर रहेकाले उल्लेख गर्दै प्रजिअ थापाले तन ,मन आत्मा विशुद्ध राख्न योग अध्यास उपयूक्त माध्यम भएको उल्लेख गरे ।

यसअघि योगबारे संक्षिप्त जानकारी राख्दै जनार्दन आचार्यले आर्थिक, भौतिक, मानसिक र शरिर संगको एकता संयोजननै योग भएको बताए । उनले मन, भावना र शरिरका अंगप्रत्याङ्ग स्वस्थ्य तुल्याउन योग महत्वपूर्ण भएको उल्लेख गरे । यस्तै, बम्हकुमारी राजयोग प्रशिक्षणकेन्द्रका ब्रम्हा कुमार कृष्णले बिभिन्न तनावले ग्रष्त समाजलाई व्यवस्थापन गर्न जरुरी रहेको उल्लेख गर्दै यसका लागि योग अभ्यास आवश्यक भएको बताए । मानसिक तनाव व्यवस्थापनलाई सुन्यसहनशिलतामा ल्याउन नसकिने बम्हाकुमारले सो अवसरमा उल्लेख गरे । उनले भनभित्रको भ्रान्ति हटाउन बिभिन्न प्रकारको योग माध्यम भएको जनाए ।

Advertisement

योग कार्यक्रममा जोमसोम महिला समूह र पूथाङ आमा समूहका सदस्यहरुले परमेश्वर भजन नृत्य प्रस्तुत गरेका थिए । एकदिने योग शिविरमा ब्रम्हा कृष्ण कुमारले राजयोग र कमला लालचनले सहभागीहरुलाई पतञ्जली योग अभ्यास गराएका थिए । योग कार्यक्रम पूथाङ आमा समूहकी बिमला शेरचनले गरेकी थिईन् ।

तपाईको प्रतिक्रिया