पाङमा सहरी स्वास्थ्य केन्द्र

समाधान संवाददाता २०७६ असार ६ गते १३:३८

रामकृष्ण लामीछाने पर्वत

कुस्मा नगरपालिकाले वडा नम्बर १ पाङमा सहरी स्वास्थ्य केन्द्र भवने शिलान्यास गरको छ । भवन शिलान्यास नगर प्रमुख रामचन्द्र जोशीले गरेका हुन् । मुलुक संघीय शासन प्रणालीमा गएपछि नेपाल सरकारले ल्याएको नीति ‘१ वडा १ स्वास्थ्य चौकी’ को अवधारणा अनुसार नगरले स्वास्थ्य केन्द्रको शिलान्यास गरेको पालिकाले जनाएको छ । प्रदेश सरकारको १६ लाख रुपैयाँ सहयोगमा ४ कोठे भवन निर्माण गर्न लागिएको हो । भवन निर्माणका लागि थप ५० लाख रुपैयाँ आवश्यक पर्ने भवन निर्माण समितिका अध्यक्ष देवी परियारले बताए ।

मेयर जोशीले शिलान्यास पछि भने, ‘सहरी स्वास्थ्य केन्द्रसँगै अब प्राथमिक उपचारका लागि अन्यत्र धाउनु पर्दैन ।’ उनले नगरले विकास र समृद्धिको लय समातेको दाबी गरे । यो अभियान कुस्माका सवै वडासम्म पुर्‍याउन नगरपालिका सवै क्षेत्रमा लाग्ने योजना छ । उपप्रमुख सीता काफ्ले लामिछानेले भवन निर्माण प्रश्चात सेवा प्रवाहमा सहज आउने बताइन् । गरिब जनतालाई स्वास्थ्य सेवा दिन नगरपालिका लागीपरको उनको भनाइ थियो ।

Advertisement

कार्यक्रममा पाङका वडाध्यक्ष देवेन्द्रप्रसाद सुवेदीले भवन निर्माणसँगै सेवा सुचारु गर्न नगरपालिका लाग्दा जनतालाई ठूलो राहत मिल्ने बताए । यो केन्द्रबाट हाल नेपाल सरकारले तोकेका ३७ प्रकारका औषधी निशुल्क प्रदान गनुका साथै खोप, पोषण, बालस्वास्थ्य, सुरक्षित मातृत्व, परिवार नियोजन, क्षयरोगलगायतका विभिन्न सुविधा उपलब्ध हुने छ ।

स्वास्थ्य केन्द्र भवन सञ्चालनसँगै सेवाग्राहीलाई यातायातको सुविधा पुर्‍याउनुका साथै चिकित्सकसहित प्रयोगशालाको व्यवस्था हुनुपर्ने स्थानीय बासिन्दाको सामूहिक धारणा छ ।

Advertisement

तपाईको प्रतिक्रिया