पोखरा–जोमसोम हवाई सेवा १६ दिनपछि सूचारु

समाधान संवाददाता २०७६ असार ९ गते ११:४७

जोमसोम बिमानस्थलमा १६ दिनपछि जहाज आउदाको दृष्य । तस्बिरः दुर्गा पुन

समाधान संम्वाददाता, मुस्ताङ

मुस्ताङको जोमसोम बिमानस्थल स्तरबृद्धिको १६ दिनपछि पोखरा–जोमसोम हवाई सेवा पूनः सूचारु भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख भानुभक्त कोईरालाले जानकारी दिए । उनका अनुसार आजै सोमबार बिहान ६ बजे तारा एयरलान्सको टुईनेटर जहाज जोमसोम बिमानस्थल अवतरण गरेपछि जोमसोमको चहल पहल बढेको हो ।

Advertisement

तारा एयरलाईन्सका जोमसोमका प्रमुख सुजन लालचनले जाृेमसोम बिमानस्थल स्तरउन्नतिपछिको पहिलो दिन तारा एयरलाईन्सको ५ र समिट एयरलाईन्सको ४ वडा उडान रहेको जानकारी दिए । वर्षायाम सुरु भईसकेको र सडकमार्गमा पहिलो जाने र बाढी आउने जस्ता कारणले हवाई सेवा नहुदा मुस्ताङ आउने पर्यटक प्रभावित भएको बताए ।

जोमसोम बिमान स्थलको धावनमार्ग स्तरोन्नति तथा आवश्यक पूर्वाधार निर्माणको काम गत जेष्ठ २५ गते देखि असार ७ गते सम्म भएको थियो । उक्त समयमा नागरिक उड््ययन प्राधिकरणले पोखरा–जोमसोम हवाई सेवा १५ दिनका लागि बन्द गर्ने जानकारी गराएको थियो ।

Advertisement

नेपाल नागरिक उड्यन प्राधिकारणले करिव ९ करोड १२ लाख लागतमा बिमान स्थल सुधारको योजना एपेक्स कन्ट्रक्सनलाई जिम्मा दिएको थियो ।जसबाट करिव ८ सय १५ मिटर धावनमार्गको २ सय ३० ग्रेड सम्याएर पुरै रनवे कालोपत्रे भएको थियो । पोखरा–जोमसोम हवाई सेवाका लागि तारा एयरलाईन्स ,समिट एयरलाईन्स र नेपाल वायुसेवा निगमले सेवा प्रवाह गर्दै आईरहेका छन् ।

तपाईको प्रतिक्रिया