प्रधानमन्त्रीलाई ज्ञापनपत्रसँगै हस्ताक्षर

समाधान संवाददाता २०७६ असार ९ गते १३:००

समाधान संवाददाता, स्याङ्जा

नेपाल पत्रकार महासंघ स्याङ्जाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्रसहित जिल्लामा संकलित हस्ताक्षर पठाएको छ । महासंघका अध्यक्ष ओमप्रकाश शर्मासहितको क्रियाशील पत्रकारको टोलीले प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलामार्फत् प्रधानमन्त्रीलाई हस्ताक्षर पठाएको हो ।

पत्रकार महासंघको तेस्रो चरणको आन्दोलन अन्तर्गत असार ३ गतेबाट संकलन गरिएको हस्ताक्षर आइतबार प्रधानमन्त्रीलाई पठाएको हो । संसदमा दर्ता भएको मिडिया काउन्सिल विधेयकका केहि प्रावधान हटाउन प्रधामन्त्री तथा सभामुखलाई दबाब दिने उद्देश्ले हस्ताक्षरसहित ज्ञापनपत्र पठाइएको अध्यक्ष शर्माले बताए ।

Advertisement

ज्ञापनपत्रमा संविधानद्वारा प्रदत्त प्रेस तथा अभिव्यक्ती स्वतन्त्रता कुन्ठित हुने गरी विधेयक प्रस्तुत भएकाले सरोकारवालासँग परामर्श गरी विधेयक पारित गर्न आग्रह गरिएको छ । ज्ञापन पत्र तथा हस्ताक्षर बुझ्दै प्रजिअ निरौलाले तत्कालै सम्बन्धित निकायमा पठाउने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया