धाैलागिरी अञ्चल अस्पतालमा निशुल्क औषधी वितरण कक्ष

समाधान संवाददाता २०७६ असार ९ गते १३:१०

समाधान संवाददाता
बागलुङ

धौलागिरि अञ्चल अस्पताल बागलुङले निशुल्क औषधी वितरण कक्ष सुरु गरेको छ । अस्पतालले छुट्टै कक्ष स्थापना गरेर लक्षित वर्गका बिरामीलाई ७० प्रकारका औषधी निशुल्क वितरण अभियान सुरु गरेको हो ।

अस्पतालमा यसअघि एउटा मात्र भवन भएकाले वितरण कक्ष स्थापना नभएको र अस्पतालमा रहेको फार्मेसी मै गएर निशुल्क औषधि खोज्नु पर्ने अवस्था बिरामीलाई थियो । फार्मेसीमा पुगेर निशुल्क औषधि पाउन नसकेको गुनासो बढेसँगै अस्पताल विकास समितिका अध्यक्ष केवि रानामगरले अस्पताल व्यवस्थापन समितिकै अगुवाईमा कक्ष स्थापना गरिएको जानकारी दिए ।

Advertisement

अस्पतालमा १० वर्षदेखि निर्माण थालिएको भवन सकिएसँगै बी ब्लकमा फार्मेसी, टिकट काउन्टर, हाडजोर्नी, नाक, कान, घाँटी उपचार कक्षसमेत स्थापना गरिएको अध्यक्ष रानामगरले बताए । अस्पताल क्रमिकरुपमा सुधार भएको बताउँदै अध्यक्ष रानामागरले केही समयदेखि विशेषज्ञ चिकित्सक टोलीले निरन्तर बिरामीको जाँच गर्ने क्रम बढेको बताए ।

अस्पतालको व्यवस्थापकीय सँगै उपकरण र जनशक्ति व्यवस्थापनमा समितिले महत्वपूर्ण सुधार गरेको मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले बताए । उनले आफ्नो क्षमताले गर्ने काम बाहेक दरबन्दी अनुसारका चिकित्सकसमेत आएकाले अब केही सहायकस्तरका प्राविधिक अभाव रहेको उल्लेख गरे । अस्पतालले केही सातादेखि शव राख्ने आधुनिक प्रकारको बाकस र पोस्टमार्टम कक्ष बनाएको छ । अस्पतालको नवनिर्मित ‘बी ब्लक’ सञ्चालनमा आएपछि सहजता भएको अस्पतालले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया