एसिया प्यासिफिक सिटी समिटमा तिमिल्सिना

समाधान संवाददाता २०७६ असार ९ गते १४:२०

समाधान संवाददाता, पोखरा

एसिया प्यासिफिक सिटी समिट तथा युथ प्रोफेसनल फोरममा नेपालको तर्फबाट युवा नेता लक्ष्मण तिमिल्सिनाले प्रतिनिधित्व गर्ने भएका छन । एसियाका विभिन्न देशका विविध क्षेत्रमा आवद्ध युवाको छलफल तथा सम्बन्ध विस्तार गर्न सम्मलेन आयोजना गरिएको हो ।

असार २० देखि २४ गतेसम्म अस्ट्रेलियाको बृस्बेनमा हुने कार्यक्रममा बिभिन्न देशका ५७ युवाको प्रतिनिधित्व रहनेछ । भौतिकशास्त्रका स्नातकोत्तर तिमिल्सिना अनेरास्ववियु कास्की उपाध्यक्ष र युवा संघ नेपालका केन्द्रीय सदस्यसमेत हुन् । उनी सामुदायिक विद्यालय केन्द्रित कापी कलम अभियानका अभियन्ता पनि हुन् ।

Advertisement

अस्ट्रेलियाको गृफिथ विश्वविद्यालयमा हुने कार्यक्रममा सहरको दिगो विकास, विकासमा नवीनता, आधुनिक जीवनशैली तथा समाज परिवर्तनबारे छलफल हुनेछ । तिमिल्सिनाले सहरी विकासका चुनौतीबारे युवा व्यवसायी तथा नेतालाई सजग गराउनु कार्यक्रमको मुख्य उद्देश्य बताए । उनले नेपालमा सहरी विकासका चुनौती र अवसरमाबारे नेपालको तर्फबाट प्रस्तुति राख्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया